इलामका चिया मजदुरलाई तीन लाख ४५ हजारको राहत वितरण


सेवारो खबर  323 पटक हेरिएको

इलाम: कारितास नेपालले इलामका चिया मजदुरलाई तीन लाख ४५ हजार बराबरको खाद्यान्न सामग्री बितरण गरेको छ । नेपालले इलाम चिया बगानका ७३ र माई नगरपालिकाको सोक्तिम बगानका ६५ जना मजदुर परिवारलाई राहत दिन लागेको हो ।

कारितासले बुधबार इलाम चिया कमानका ७३ जना मजदुर परिवारलाई राहत बितरण गरेको छ । सोक्तिम चिया कमानका ६५ मजदुर परिवारलाई भोली बिहिबार खाद्यान्न राहत बितरण गर्ने जनाएको छ ।

कारितास नेपालले बुधबार इलाम चिया बगानका मजदुरलाई एक कार्यक्रम गरी राहत सामग्री बितरण गरेको छ । कारितासले एक लाख ८२ हजार पाँच सय बराबरको खाद्यान्न सामग्री बितरण गरेको हो ।

बगानका ७३ जना मजदुर परिवारलाई प्रति परिवार दुई हजार पाँच सय बराबरको खाद्यान्न वितरण गरेको जनाएको छ ।

कारितास जर्मनीको आर्थिक सहयोग, मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समूह (प्याग) नेपालसँगको साझेदारी र इलाम नगरपालिकाको समन्वयमा खाद्यान्न सामग्री वितरण गरिएको जनाइएको छ ।

कोरोना महामारीले मजदुरको परिवारले दैनिक जीविकोपार्जनमा सहयोग गर्न २५ केजी चामल, २/२ केजीका दरले दाल, नुन, २ लिटर तेल, आधा केजी सोयाबिन (न्यूटेला) दिइएको छ । यसका साथै एक थान साबुन २ केजी चिउरा, एक/एक केजी चना, मटर दिइएको कारितासका प्रोजेक्ट अफिसर विपिन घिमिरेले जानकारी गराए ।

कोभिड-१९ कोरोना महामारीले रोजगार गुमाएका मजदुरका परिवारलाई राहत स्वारूप खाद्यन्न दिइएको प्यागका निर्देशक प्रकाश अधिकारीले बताए ।

कारितास नेपालको राहत कार्यक्रमले महामारीको मारमा परेको मजदुरको जीवन यापनलाई सहज बताउँन सहयोग गरेको इलाम नगरपालिकाका ५ नम्बर वडाध्यक्ष तथा नगर प्रवक्ता ठाकूरनारायण श्रेष्ठले उल्लेख गरे ।

माई नगरपालिकामा रहेको सोक्तिम चिया कमानका ६५ जना मजदुरलाई भोली बिहीबार बगानमै पुगेर राहत वितरण गर्ने कारितास नेपालका एक नम्बर प्रदेश प्रमुख देवेन्द्र पोख्रेलले जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार