डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनेको नाम सार्वजनिक


सेवारो खबर  158 पटक हेरिएको

झापा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनेको नाम सार्वजनिक गरेको छ ।

हरेक वर्ष प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार २०७७ र २०७८ को लागि पुरस्कृत हुनेको नाम आज बुधबार महासंघको २२औं स्थापना दिवसकाे अवसरमा घोषणा गरेको हाे ।

उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ बाट इन्द्रसिंह राजवंशीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । राजवंशी हाल प्रतिदिन दैनिक विर्तामोडमा आवद्ध छन् ।

२०७८ लागि कमन देवानलाई पुरस्कृत गर्ने निर्णय भएको अध्यक्ष नेम्बाङले जानकारी गराए । देवान हरप्रहर न्यूज डटकमका सम्पादक हुन् ।

पत्रकारितामा आवद्ध भएका तर नेपाल पत्रकार महासंघमा सदस्य नभएका प्रतिभाहरुलाई प्रोत्साहन स्वरूप प्रदान गर्दै आएको उदयीमान पत्रकारिता पुरस्कार २०७७ बाट रेडियो झापामा कार्यरत मिना नेम्बाङ र सूर्योदय टेलिभिजनमा कार्यरत सुभला तामाङलाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएको छ ।

उदयिमान पत्रकारिता पुरस्कार २०७८ का लागि माङसेबुङ न्यूज डटकममा आवद्ध डिल्लीश्वर मुसाहाङ (अम्याङ्सा) र यलम्बर टाइम्स साप्ताहिककी लीला राईलाई छनौंट गरिएको बताइएको छ ।

पुरस्कार फोनिज झापाको आगामी अधिवेशनमा वितरण गरिने फोनिज झापा शाखाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार