मानब अधिकार अनुगमन सूचना संकलन तथा अभिलेखिकरण सम्बन्धी ३ दिने तालिम सम्पन्न


सेवारो खबर  315 पटक हेरिएको

इलामः मानब अधिकार अनुगमन सूचना संकलन तथा अभिलेखिकरण सम्बन्धी तीन दिने तालिम बिहिबार सम्पन्न भएको छ ।
मानब अधिकार मञ्च नेपाल ईलामले आयोजना गरेको भर्चुअल तालिममा मानव अधिकार, अधिकार, मानव अधिकार हनन् तथा उल्लंघन, ज्यादती विषयमा जानकारी गराइएको छ ।

एक नम्बर प्रदेश भरिका १४ मानब अधिकार रक्षक र मञ्चसँग साझेदार सस्थाका प्रतिनीधिलाई दिइको तालिमा रक्षकको काम, कर्तव्य, दायित्व र सूचना संकलनको समयमा सुरक्षा व्यवस्थापनको बारेमा समेत जानकारी गराइको सूचना अधिकारी उर्मिला राईले जानकारी गराइन् ।

तालिममा मानव अधिकार मञ्च उपाध्यक्ष उच्च अदालत बार एसोसिएसन इलामका अध्यक्ष वीरबहादुर खड्का, कार्यकारी निर्देशक देबेन्द्र बिश्वकर्मा, तालिम सयोजक शिखरनाथ सापकोटा, अनुगमन तथा योजना अधिकृत योगराज सापकोटाले सहजिकरण गरेका थिए ।
तामिम मञ्चका अध्यक्ष मोहनसिं थेबेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार