सूर्योदय नगरपालिकामा तीन दिने अग्नि नियन्त्रण तथा उद्धार तालिम सम्पन्न


सेवारो खबर  122 पटक हेरिएको

इलाम: सूर्योदय नगरपालिकामा तीन दिने अग्नि नियन्त्रण तथा उद्धार तालिम सोमबार आज सम्पन्न भएको छ । तालिम आगलागी हुँदा सहज रुपमा नियन्त्रणमा कर्मचारीलाई दक्ष बनाउने उद्देश्यले सञ्चालन गरिएकाे बताइएको छ ।

तालिममा आगलागीका समयमा आगाे नियन्त्रण गर्ने व्यवहारिक ज्ञान र सीपकाे बारेमा जानकरी गराइएकाे नगरपालिकाले जनाएकाे छ ।

नगरपालिकाले आयोजना गरेको तालिममा म्याप इन्टरप्रेनियर काठमाण्डौको प्राविधिक सहयोगमा  जुद्ध बारुणयन्त्रका पूर्व प्रमुख किसोर भट्टराई र मनोज पुरीले सहजीकरण गरेका छन् ।

सहभागीलाई सहभागीलाई प्रमाण पत्र दिइएकाे समापन समारोमा नगर प्रमुख रणबहादुर राईले प्रशिक्षकहरुलाई कदरपत्र समेत प्रदान गरेका थिए । नगरले केहि दिन अघि मात्र नयाँ बारुणयन्त्र खरीद गरेको छ । हाल सूर्योदयसंग २ वटा दमकल रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार