१२ वर्षपछि रत्नबहादुर राई पक्राउ


सेवारो खबर  177 पटक हेरिएको

इलाम: १२ वर्षपछि देउमाइ–१ चमैताका ४६ वर्षीय रत्नबहादुर राई पक्राउ परेका छन् । आफ्नै सालोको हत्या गरी फरार सूचीमा  रहेका उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

राईले १९ वर्षीय सालो युवराज राईको ०६६ वैशाख १ गते हत्या गरेर फरार भएका थिए । फरार खोजीका क्रममा रत्नबहादुरलाई भदौ ४ गते भक्तपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

पक्राउ परेका राईलाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान शुरु गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार