इलाममा भदौ १५ गतेदेखि कोभिड बिरूद्द खोपको अर्को मात्रा दिइने


सेवारो खबर  182 पटक हेरिएको

इलाम: भदौ १५ गतेदेखि इलाममा कोभिड बिरूद्व खोपको दोस्रो मात्रा लगाइने छ । कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा जिल्लामा आइपुगेकाले खोप लगाइने निश्चित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

खोपको सुनिश्चि भएपछि गएको फागुनमा कोभिडसिल्ड लगाउने जेष्ठ नागरिकले खोपको दोस्रो मात्रा लगाउन पाउने भएका छन् ।
कोभिसिल्ड लगाउनेलाई एक्ट्राजेनेका खोप दोस्रो मात्राका रूपमा दिइने प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।

‘खोप आइपुगेको छ । चिस्याउन ७२ घण्टाको समय लाग्छ । पालिकामा पठाउन समय लाग्ने हुँदा १५ गतेबाट मात्र खोप लगाउने तयारी छ । प्रमुख जिल्ला अधिकारी खड्काले भने ‘नियमित खोप चलेका पालिकामा १६ गतेबाट शुरू हुनेछ । नियमित खोप नभएका पालिकामा १५ गतेबाट खोप अभियान चल्नेछ ।’

सबै पालिकामा पहिलो दुई दिन जेष्ठ नागरिकका लागि एक्ट्राजेनेका र त्यसपछि भेरोसेल खोप लगाइने छ । अन्तिम दिन बाँकी रहेको खोप परीक्षा दिने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा दिइने बताइएको छ ।

भदौं १५ गतेदेखि देउमाई, र माई नगरपालिका, फाकफोकथुम, माङसेबुङसँगै चुलाचुली गाउँपालिकामा दोस्रो चरणको खोप दिइनेछ । यी पालिकामा २१ गतेदेखि बालबालिका र महिलालाई दादुरा, रूबेला, टिटिलगायतका नियमित खोप कार्यक्रम सञ्चालन हुने भएकाले २० गतेसम्म कोभिड विरुद्धको खोप लगाउने योजना रहेको जिल्ला स्वास्थ्य कार्यालय कोभिड फोकल पर्सन विमल बरालले जानकारी गराए ।
बरालका अनुसार १६ गतेदेखि इलाम र सूर्योदय नगरपालिका, रोङ, माइजोगमाईसँगै सन्दकपुर गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

जिल्लामा १५ हजार ६ सय ९५ जनाले गत फागुनमा कोभिडसिल्ड खोप लगाएर दोस्रो मात्राको पखाईमा छन् । यस्तै गएको साउनमा भेरोसेल खोप लगाउने २१ हजार ९ सय ३२ जनाले पनि खोपको दोस्रो मात्रा लगाउन पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार