इलाम: मानव अधिकार मञ्च नेपाल इलामले अल्पकालिन आवास गृहमा बस्ने १५ वर्षीया बालकको आफन्त खोजी दिन आग्रह गरेका छन् ।
मीनकुमार मगर नाम बताउने बालकको ठेगाना पत्ता नलागेपछि उनको परिवार आफन्तको खोजी गरी दिन मञ्चले आग्रह गरेको हो ।
प्रहरी र अधिकारकर्मीले उनको आफन्त खोजी गरेपनि पत्ता नलागेपछि बालकको आफन्त खोजी गर्न सञ्चार क्षेत्रले पनि सहयोग गर्ने मञ्चका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले आग्रह गरे ।
निर्देशक विश्वकर्माले सबै मिलेर परिवार आफन्त पत्ता लगाउन पाए एउटा बालकको हित हुने भन्दै खोजी कार्यमा सहयोग गर्न सबैसँग अनुरोध गरे ।
‘प्रहरीले सडकबाट उठाएर ल्याएको बालकको ठेगाना पत्ता लगाउन नसके पछि उनलाई मञ्चको अल्पकालिन आवास गृहमा पठायो । मञ्चका कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले भने – अहिलेसम्म बालकको ठेगाना र परिवारका आफन्त कोही पनि पत्ता लगेको छैन ।’
ढिलो दोहोरो कुराकानी गर्न सक्ने भएपनि उदयपुर काठमाडौं घर थियो, त्यहाँबाट बस चढेर इलाम आएको भनेर जानकारी गराए पनि घरको ठेगाना पत्ता नलागेकोे मञ्चका बाल हेल्पलाइन १०९८(दशनौआठ) का संयोजक भक्त थामीले बताए ।
‘आवास गृहमा, खेल्छन, चित्र बनाउँछन्, तर, आफ्नो घरनै कहाँ हो भन्ने बताएका छैनन । संयोजक थामीले भने- ‘उनी मधुमेहका विरामी पनि छन् । सुरक्षित आभास गृहमा राखेर उनको उपचार गरिरहेका छौं ।’
बालकको उपचारमा अस्पताल गइरहनु पर्ने, विभिन्न चेकजाँच गरिरहनु पर्दा पाँच दिन देखि उनी कोभिड संक्रमित समेत भएका छन् । अहिले उनको इलाम अस्पतालको कोभिड अस्पतालमा राखेर उपचार भइरहेको छ ।
बालकको आफन्त खोजीमा प्रहरी लागिरहे पनि अहिलेसम्ममा ठोस उपलब्धी नभएको मञ्चले जनाएको छ । प्रहरीले सडकबाट उठाएर गएको साउन १४ गते मञ्चको अल्पकालिन आवास गृहमा पठाएको थियो ।