नेकपा एमाले जिल्ला कमिटी इलामको पूर्ण बैठक सम्पन्न


सेवारो खबर  172 पटक हेरिएको

इलाम: नेकपा एमाले जिल्ला कमिटी इलामको पूर्ण बैठक भएको छ ।

बैठकले नेकपा एमाले जिल्ला सचिवालय बैठकले गरेका निर्णयलाई  पारित गरेको छ । बैठकले एमाले जिल्ला कमिटीमा मनोनयन गरिएका १४ जना जिल्ला सदस्यहरुलाई सफथ गराएको पार्टी कार्यालय सचिव रबिन्द्र सुवेदीले बताए ।

बैठकले कात्तिक ६ मा हुने वडा अधिवेशन र ९ मा हुने पालिकाहरुको अधिवेशन तयारीका विषयमा छलफल भएको छ । असोज ८ मा सचिवालय बैठक गर्ने निर्णय गरेको छ ।

पार्टी सचिव महेश बस्नेतले संचालन गरेको बैठकमा एमाले प्रदेश एक कमिटी सदस्य वर्तमान गुरुङ्ग, धु्र्ब श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य मणिकुमार लिम्बुको प्रमुख आतिथ्यता र इलाम अध्यक्ष राम रानाको अध्यक्षतामा बैठक संम्पन्न भएको हो ।

नवराजको श्रद्धाञ्जली सभा

मंगलबार नै जिल्ला कमिटीले कार्यालय सचिवको जिम्मेवारीमा रहेका स्वर्गीय नवराज शंकरको श्रद्धाञ्जली सभा गरेको छ ।

कोभिड –१९ को संक्रमणका कारण निधन भएका शंकरले पार्टीलाई पुर्याएको योगदान, उनले गर्ने काम र पाटी गतिविधिमा गम्भीर क्षति पुगेको एमालेले ठहर गरेको छ ।

जिल्ला कमिटी अध्यक्ष रामबहादुर रानाले संगठनमा शंकरको योगदानको चर्चा गरे ।

उलने सबै कमिटी सँग जीवित सम्बन्ध राख्ने नवराजको नेतृत्व पेरणादायी भएको बताए ।  रानाले भने ‘पाटीबाट वक्तव्य जारी गर्न होस अथवा कुनै समस्या आउँदा होस त्यसलाई सामान्य रुपमै समाधान दिनसक्ने क्षमता उनीमा थियो । अहिले पाटीलाई उनको निधनले अपूरणीय क्षति भएको छ ।’ शंकरको योगदान र सम्झनालाई कुनै न कुनै किसिमले सम्झन एमालेले ठोस काम गर्ने रानाले बताए ।

परिवारको तर्फबाट जिल्ला कमिटी सदस्य देवेन्द्र विश्वकर्माले नवराजको निधनले उनको सम्पूर्ण परिवार, दलित समुदाय र सिङ्गो जिल्लालाई क्षति पुगेको बताए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार