‘अविभावक बिहिन बालबालिकाको सुरक्षित जीवनको दिगो व्यवस्थापन गर्न आवश्यक’


सरिता राई  279 पटक हेरिएको

इलाम: अविभावक बिहिन बालबालिकाको दिगो व्यवस्थापन गर्नुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले इलाम नगरपालिका ९ मा रहेको राहशाल बाल अनाथलयका बालबालिकालाई खाद्यान्य बितरण कार्यक्रममा बोल्दै अविभावक बिहिन बालबालिकाको सुरक्षित जीवनको दिगो व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

४२ औ सामाजिक सेवा दिवसका अवसरमा गैर सरकारी संस्था महासंघले गरेको खाद्यान्न वितरण कार्यक्रममा अनाथालयमा बस्ने बालबालिकाको जन्मदर्तासँगै पाउँनु पर्ने नागरिकताको सुनिश्चितता सरकारले गर्नुपर्नेमा जोड दिए ।

अनाथलयमा बस्दै आएका राजु परियारले २० वर्ष पुगेपनि नागरिकता पाउँन नसकेको गुनासो राख्दै, नेपाल प्रहरीको जागिरे बन्ने सपना पुरा हुँन नसकेको बताए । परियारले नागरिकता दिलाईदिन सबै सरोकारवालासँग आग्रह समेत गरे ।

अनाथलयका अध्यक्ष राजेन्द्र चौहानले ७ जना बालबालिकाको परिवार वा अविभावक पत्ता नलागेकोले जन्मदर्ता समेत नभएको जानकारी गराए । उनले नागरिकता लिन उमेर पुगेकाको नागरिकता दिलाई दिन समेत सरकारसँग अनुरोध गरे ।

अध्यक्ष चौहानले अनाथालयमा काम गर्ने सहयोगी कर्मचारीको दिगो व्यवस्थापनका लागि कर्मचारी कोष खडा गरिदिन स्थानीय सरकारसँग माग गरे ।

‘अविभावक बिहिन बालकालिकाको जन्मदर्ता हुँनुपर्छ’

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले अविभावक बिहिन बालबालिकाको जन्मदर्ता हुँनु पर्ने बताए ।

‘अविभावक बिहिन बालबालिकाको जनप्रतिनिधिले नै सनाखत गरिदिनु पर्छ, प्रमुख बरालले भने-जन्मदर्ताको अधिकारबाट बञ्चित हुँनु हुँदैन । अभिभावक नभेटिएको खण्डमा जनप्रतिनिधिले सनाखत गरिदिन सकिन्छ । जनप्रतिनिधिले मानेनन् भने म सनाखत गरिदिन सक्छु ।’

अनाथालयको आवश्यक व्यवस्थापनलाई मागका आधारमा आवश्यक सहयोग दिन सकिने नगरपालिका प्रमुख महेश बस्नेतले जानकारी गराउँदै अविभावक बिहिन बालबालिका राज्यको सेवासुविधाबाट बञ्चित हुँन नहुँनेमा जोड दिए ।

अनाथालयको बालबालिकाको जन्मदर्ता र नागरिकतको समस्या समाधान गर्न सकिने प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । उनले अनाथ बालबालिकाका लागि पौष्टिक आहारको व्यवस्था गर्न बाँझो रहेका जमिनको पनि उपयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ प्रदेश एकका अध्यक्ष प्रकाश अधिकारीले अहिले समाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुको सक्रियता घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै सामाजिक काम प्रति चासो घट्दै गएकोले सामाजिक भावनाको विकास गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

महासंघ इलाम अध्यक्ष कमल नेपालको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष भक्तबहादुर थामीले स्वागत गरे । कार्यक्रम भीम संगम कार्कीले सञ्चालन गरेका थिए

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार