माईजोगमाईले दियो पहिरो पिडित थापालाई ३० हजार सहयोग


सेवारो खबर  138 पटक हेरिएको

इलाम: माईजोगमाई गाउँपालिकाले पहिरो पिडित दुर्गाबहादुर थापालाई ३० हजार रुपैया सहयोग प्रदान गरेको छ।

बिहिबार गाउँपालिका अध्यक्ष जीतबहादुर राईले थापालाई चेक हस्तान्तरण गरेको छन् ।

गाउँपालिकाले स्थापना गरेको आर्थिक सहायता कोषबाट थापालाई आर्थिक सहयोग प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।

गएको असारमा पहिरोबाट थापाको घर पुर्ण रुपमा क्षति पुर्याएको थियो ।

माईजोगमाईले गाउँपालिका क्षेत्रभित्रका विपदमा परेको घरपरिवार र कडा रोगबाट थलिएकालाई उपचारमा सहयोग प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार