किरात याक्थुङ चुम्लुङको २६ औं साधारण सभा असोज १० गते हुँने


सेवारो खबर  411 पटक हेरिएको

काठमाण्डौ: किरात याक्थुङ चुम्लुङको २६ औं साधारण सभा असोज १० गते हुँने भएको छ । काेभिड-१९ कोरोना महामारीको कारण यस पटकको साधारण सभा भर्चुअल माध्यमबाट हुँने महासचिव निरन्ती तुम्बापोले जानकारी गराइन् ।

साधारण सभामा उपत्यकामा रहनु हुँने अध्यक्ष वा प्रतिनीधिलाई भने केन्द्रीय कार्यालय ललितपुरमा  उपस्थित हुँन अनुरोध गरिएको छ । उपत्यका बाहिरका अध्यक्ष वा प्रतिनीधि सबैलाई ११ बजे भर्चुअल माध्यमबाट साधारण सभामा जाेडिन पत्राचार गरि सकिएको बताइएको छ ।

केन्द्रीय कार्य समिती ३९,  सल्लाहकार समिती १७,  जिल्ला शाखाको अध्यक्ष वा प्रतिनीधि १३, प्रदेश समितीको अध्यक्ष वा प्रतिनीधि २ र विषयगत समितीको अध्यक्ष वा प्रतिनीधि ६ गरी ७७ जना सहभागी हुँने साधारण सभाले वार्षिक प्रगती प्रतिवेदन पारित गर्नेछ । यसका साथै साधारण सभाले लेखा प्रतिवेदन बार्षिक बजेट तथा कार्यक्रम पारित गर्दै लेखा परिक्षक नियुक्ति गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार