पाँचथर: जोखिममा रहेका बालबालिकाको सुरक्षाको विषयमा सराेकारवाला गम्भीर हुनुपर्ने पाँचथरमा आयोजित एक कार्यक्रमका बक्ताले बताए ।
उनिहरुले मानव अधिकार मञ्च नेपाल इलामकाे बाल हेल्पलाइन १०९८ दशनौआठले गरेको पत्रकार सम्मेलनमा बोल्दै जोखिममा परेकाे बालबालिकाकाे सुरक्षाको विषयमा सरोकारवालाले काम गर्नु पर्ने बताए ।
बाल हेल्पलाईन १०९८ एवम् कोभिड १९ को समयमा विपद सहयोग सहयोग परियोजनाले फिदिममा शुक्रबार गरेको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष गिरीराज बास्काेटाले जोमिममा परेका बालबालिकाकाे सुरक्षाको विषयमा सराेकारवाला गम्भीर हुँनुपर्ने बताए ।
सञ्चारकर्मी सरला रेग्मीले जोखिममा परेकाे बालबालिकाको उद्दारकाे क्षेत्रमा सरकारले काम गर्नुपर्ने बताउँदै जोखिममा परेका बालबालिकाकाे परिवारलाई समेत सचेत गराउँनु पर्नेमा जोड दिइन् ।
जोखिमकाे समयमा बालमैत्री स्वाथ्य सेवालाई प्रभावकारी बनाउँन स्थानीय सरकार गम्भीर हुँनुपर्ने सञ्चारकर्मी दुर्गा घिमिरेले बताइन् ।
मानव अधिकार मञ्च नेपाल इलामको कार्यकारी निर्देशक देवेन्द्र विश्वाकर्माको अध्यक्षतामा भएको कार्यक्रममा कोभिड १९ को आउँन सक्ने जाेखिमको सामना गर्न बाल आइसाेलेसनसँगै उपचार सेवालाई बालमैत्री बनाउँन स्थानीय सरकारलाई सहयाेग गर्न परियोजना इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमको तीन सहित तीस स्थानीय तहमा सञ्चालन गर्न लागेको परियोजना संयोजक भक्तबहादुर थामीले जानकारी गराए ।
मानव अधिकार चेतना र विकास केन्द्र हुकुडेक नेपाल, ईन्सेक प्रतिनिधि लगायत १७ जना सहभागी कार्यक्रम परियोजनाकाे घटना व्यवस्थापन अधिकृत मनकुमार बराइलिले सञ्चालन गरेका थिए ।
पत्रकार सम्मेलनपछि जोखिमका समयमा बालमैत्री उपचार सेवालाई प्रभावकारी बनाउँने विषयमा जिल्ला समन्वय समिती, जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्योलय र फिदिम नगरपालिकासँग छलफल गरेको बताइएकाे छ