इलामको दशवटै स्थानीय तहको काग्रेस नेतृत्वको नतिजा सार्वजनिक


सेवारो खबर  227 पटक हेरिएको

इलाम: नेपाली कांग्रेस इलामको दशैं स्थानीय तहको नेतृत्वको नतिजा सार्वजनिक भएको छ ।

जिल्लाको दश पालिका मध्ये चुलाचुली गाउँपालिकामा सर्वसम्मत सभापति छनौट भयो । अन्य पालिकामा भने लोकतान्त्रिक विधी निर्वाचन माफर्त नेतृत्व छानिएका छन् ।

पालिकाको सभापति नेतृत्वमा ३० जना प्रतिस्पर्धा मैदानमा उत्रिएका थिए । इलाम नगरपालिकामा पाँच, सूर्योदय र रोङ गाउँपालिकामा चार÷चार जना प्रतिस्पर्धामा थिए । देउमाई नगरपालिका, सन्दकपुर, माईजोगमाई र फाकफोकथुम गाउँपालिका तीन÷तीन जना चुनावी मैदानमा थिए । माइ नगरपालिका र माङ्सेबुङ गाउँपालिकामा दुई÷दुई उम्मेद्वारले प्रतिस्पर्धा गरेका थिए ।

इलाम नगरपालिका
इलाम नगरसभापतिमा तिर्थ गुरुङ सभापतिमा निर्वाचित भएका छन् । नगरसभापतिका चार प्रतिष्पर्धीलाई पाखा लगाउँदै गुरुङ्ग नगरसभापतिमा निर्वाचित भएका हुन् । उनले एक सय २८ मत प्राप्त गरे । नगर सभापतिका प्रतिष्पर्धी अमृतलाल श्रेठले ८०, लीला थापाले ७५, निर्मल राउतले ७३ र सोम सुसेलीले १९ मत पाए ।

नगर उपसभापतिमा सुशीला सापकोटाले एक सय ४६ र उर्मिला निरौलाले एक सय २१ मत प्राप्त गर्दै निर्वाचित भए । सचिवमा विरेन्द्र कार्कीले एक सय ६७ र निराजन भट्टराई एक सय ६० मत प्राप्त गर्दै विजयी भए । सहसचिवमा प्रज्वल घिमिरेले दुई सय सात र विरेन्द्र राईले एक सय ७७ मत पाउँदै विजयी भए । नगर कार्यसमितिका सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।

सूर्योदय नगरपालिका
सूर्योदय नगरसभापतिमा जीवनकुमार नेपाल निर्वाचित भएका छन् । नेपालले एक सय ६ मत ल्याउँदै बिजयी भएका हुँनु । उनले प्रतिद्धन्द्धी मणी गुरुङलाई ९ मतले जीतेका हुँन । गुरूङले ७९ मत प्राप्त गरे । अर्का सभापतिका उम्मेद्वार सोनाम छिरिङ काजीले ६७ मत पु¥याएका छन् ।

उपसभापतिमा निर्मला अग्रवाल र रमेश प्रधान निर्वाचित भएका छन् । अग्रवालले एक सय तीन र प्रधानले ९८ मत प्राप्त गरे । ललित प्रधानले ९७, राधिका क्षेत्रीले ९५ र देवान शाहले ५४ मत पाएका छन् । सचिवमा अनुप राई र सुशिल ढुङ्गेल निर्वाचित भए । राईले एक सय तीन र ढुङ्गेलले एक सय मत पाए ।

रमेश सापकोटा ६६, जीवनकान्त न्यौपाने ४८, ठविराज ढुङगाना ४६ र जयप्रसाद बरालले ३६ मत पाएका छन् । सह–सचिवमा नविन आचार्य र सहदेव प्रधान बिजयी बने । आचार्यले सर्वाधिक लोकप्रिय एक सय २१ र प्रधानले ८१ मत प्राप्त गरे । अन्य उम्मद्वार मणी घिमिरे ७२, दुर्गाकुमारी कटुवाल ६७ र दुर्गाभवानी पोखरेलले ६१ मत प्राप्त गरे ।

देउमाई नगरपालिका
देउमाई नगरपालिकाको सभापतिमा दिलिप कार्की निर्वाचित भएका छन् । उनले एक सय ए ११ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी कृष्ण बरालले ८४ र भवानीराम राई ३९ मत प्राए ।

उपसभापतिमा ताराकुमार राई र दिलकुमारी राई विजयी भएका छन् । ताराकुमारले एक सय २७ मत र दिलकुमारी राईले एक सय १४ मत प्राप्त गर्दै विजय भएका हुन् ।

सचिवमा कल्पना थापा खत्री र पदमबहादुर कटुवाल विजयी भएका छन् । खत्रीले एक सय ११ र कटुवालले एक सय ६ मत ल्याएका छन् ।

माई नगरपालिका
माई नगर सभापतिमा हेमबहादुर लिम्बु निर्वाचित भएका छन । लिम्बू प्रतिद्वन्द्वी ठगिन्द्र गिरी (पुष्प) लाई २५ मतले उछिन्दै विजयी भएका हुन् । लिम्बूले ८८ मत प्राप्त गरेका छन भने गिरीले ६३ मत प्राप्त गरे । उपसभापतिमा डम्बर तामाङ र तुलसी तामाङ बिजयी भएका छन् ।

दुई जना उपसभापतिका लागि तीन जनाको उम्मेदवारी परेकोमा विजयी डम्बरले एक सय २५ मत र तुलसीले ८२ मत प्राप्त गरे । प्रतिस्पर्धी तारा चम्लागाईले ६९ मत पाएकी छिन् । नगरको दुई जना सचिवका लागि चार जनाको उम्मेदवारी परेकोमा दिवाकर सिंह र गंगाराम काफ्ले (अर्जुन) विजयी भएका छन् ।

सिंहले ८७ मत र काफ्लेले ७२ मत ल्याई विजयी बनेका हुन । उनीहरूको प्रतिद्वन्दी धनबहादुर कार्कीले ६८ र मनिन्द्र राईले ६४ मत ल्याए ।
माईमा कांग्रेस नगर सहसचिव पदमा ३ जनाको प्रतिस्पर्धामा तुलसा चम्लागाई र पबित्रा बुर्जा मगर बिजयी भएका छन् । तुलसाले ९६ मत र बुर्जाले ८४ मत प्राप्त गर्दै विजयी बनेका हँुन । सह–सचिवका उमेरद्वार दुर्गा शर्मा पोख्रेलले ८१ मत प्राप्त गरिन् ।

माङ्सेबुङ गाउँपालिका
नेपाली कांग्रेस माङ्सेबुङको गाउँपालिका सभापतिमा चन्द्रकुमार साम्बा निर्वाचित भएका छन् । उपसभापतिमा रनमान थेवब र यलम्बर साम्बा, सचिवमा सुमन खनाल र धड्कन सम्बाहाम्फे निर्वाचित भएका छन् । सह–सचिवमा नरेन्द्र तामाङ र कृष्ण बुढाथोकी निर्वाचित भएका छन् ।

चुलाचुली गाउँपालिका
चुलाचुली गाउँपालिकाको सभापतीमा राजेन्द्र केरुङ सर्वसम्मत निर्वाचित भएका छन् । उपसभापतीमा लक्ष्मण पौडेल र धर्मप्रसाद ढुंगाना छानिएका छन् ।

सचिवमा बलराम गिरी र बबिन राई निर्वाचित भए । सह–सचिबमा बिष्णुमाया बिश्वकर्मा र छबिलाल दाहाल चुनिए । बिभिन्न महिला, दलित, आदिवासी जनजाती, खस आर्य लगायतका समावेशी समूह समेतबाट गरी जम्मा ३८ सदस्यीय गाउँ कार्य समिती गठन भएको छ ।

फाकफोकथुम गाउँपालिका
नेपाली काँग्रेस फाकफोकथुम गाउँपालिका सभापतिमा डिकबहादुर थापा निर्वाचित भएका छन् । उनले ६४ मत पाएका छन् । थापा वडा नम्बर ६ का वडाध्यक्ष समेत हुन् ।

थापाका प्रतिद्धन्द्धी टेकवीर नेम्बाङले ५७ र रामकुमार श्रेष्ठले ५० मत प्राप्त गरेका छन् । श्रेष्ठ फाकफोकथुम गाउँपालिका अध्यक्ष समेत हुन् ।
उपसभापतिमा कृति आले र देउमान दलार्मी निर्वाचित भएका छन् । आलेले ७७ र लिम्बुले ६१ मत पाएका छन् । ६१ मत नै पाएका कमनसिंह लिम्बुले चिठ्ठा तान्दा दलार्मीसँग पराजित बन्न पुगे ।

सचिवमा सागर लिम्बु र नरेन्द्र थापा निर्वाचित भएका छन् । लिम्बुले ९४ र थापाले ६५ मत पाएका छन् । अर्का उम्मदेवार सिपि बोहोराले ६१ मत प्राप्त गरे ।

सहसचिवमा बेदप्रसाद खड्का र घनश्याम चम्लगाई निर्वाचित भएका छन् । खड्काले ८२ र ले चम्लगाईले ६८ मत प्राप्त गरे । अर्का उम्मेदवार सनबहादुर रानाले ६२ मत प्राप्त गरे ।

माईजोगमाई गाउँपालिका
माईजोगमाई गाउँपालिकाको कांग्रेस सभापतिमा नरेन्द्र देवान निर्वाचित भएका छन् । बेदप्रसाद चापागाईलाई हराउँदै माईजोगमाई काँग्रेसको नेतृत्वा पाएका हुन् । देवानले ७९ मत प्राप्त गर्दा चापागाईले ४० मत मात्र प्राप्त गरे ।

उपसभापतिमा उमाकान्त भट्टराई र चन्द्रकुमार देवान निर्वाचित भए । भट्टराईले ९२ मत प्राप्त गर्दा देवानले ७३ मत प्राप्त गरे । अर्का उम्मेदवार राधाकृष्ण पोखरेलले ६० मत मात्र प्राप्त गरे ।
सचिवमा प्रदिप खड्का र देविप्रसाद अधिकारी निर्वाचित भएका छन् । खड्काले ८० मत प्राप्त गर्दा अधिकारीले ७८ मत पाए । रोहित थेवेले ५७ मत मात्र प्राप्त गरे ।

रोङ गाउँपालिका
नेपाली कांग्रेस रोङ गाउँपालिकाको सभापतिमा हरि बुढाथोकी निर्वाचित भएका छन् । सुवास स्याङबोलाई हराउँदै बुडाथोकी सभापतिमा निर्वाचित भएका हुन् । बुढाथोकीले ६२ मत प्राप्त गर्दा स्याङबोले ४२ मत पाएका थिए ।

रोङमा सभापति पदका लागि मात्रै निर्वाचन भएको हो । अन्य पदाधिकारी र सदस्य भने सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा खेमराज कार्की, गीताप्रसाद अधिकारी, सचिवमा केशर प्रधान, वेनुपराज खालिङ्ग चयन भएका छन् । त्यस्तैै सह–सचिवमा भविन विश्वकर्मा र सुरेश कुमार राई चयन भएका छन् ।

सन्दकपुर गाउँपालिका
सन्दकपुर गाउपालीकामा तुलाराम गुरुङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका पुराना नेता गुरुङ सन्दकपूर गाउँपालिकाको सभापति निर्वाचित भएका हुन् । शनिबार भएको पालिका अधिवेशनबाट गुरुङ निर्वाचिन भएका हुन् ।

तुलाराम गुरुङले ३८, अर्का सभापतिका प्रत्यासी धनबहादुर खाम्दाकले ३३ र वालकृष्ण गुरुङले २१ मत प्राप्त गरेका छन् ।
उप–सभापतिमा लीलाबहादुर राई र हरिकृष्ण खतिवडा निर्वाचित भएका छन् । सचिवमा ज्ञानबहादुर राई र प्रदिप भट्टराई छानिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार