राष्ट्रपतीले गरिन राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज


सेवारो खबर  202 पटक हेरिएको

काठमाडौं: सरकारले राजनीतिक दल विभाजन सहज हुने गरि ल्याएको अध्यादेश सोमबार आज खारेज भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गरेकी छिन् ।

मन्त्रिपरिषद्को आजको बैठकले  सो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा, ११४ को उपधारा, २ को खण्ड (ख) बमोजिम राष्ट्रपतिले सो अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार