लिपीसँगै लिम्बू भाषा सरकारी कामकाजी भाषा बनाउँदै चुलाचुली एक नम्बर वडा


सेवारो खबर  219 पटक हेरिएको

इलाम: चुलाचुली गाउँपालिका एक नम्बर वडामा किरात श्रीरिज‌ंघा लिपीसँगै लिम्बू भाषा सरकारी कामकाजी भाषा बन्ने भएको छ ।

लिम्बू भाषा सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउँने सोमकार ‌‌‌‍औपचारिक घोषणा गरेपछि कामकाजी भाषा बन्ने पक्का भएको हो ।

सरकारी कामकाजी भाषा प्रयोगमा ल्याउँने ‌‌‌‍औपचारिक घोषणा गर्दै वडा कार्यालयले एक घोषणा पत्र समेत जारी गरेको छ ।

नेपालको सविधानको धारा ३ मा नेपाललाई बहुजातिय बहुँभाषिक बहुधार्मिक बहुँसास्कृतिक राष्ट्र र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको रुपमा परिभाषित गरेको धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्र भाषाको रुपमा सम्बोधन गरेको धारा ७ मा नेपाली भाषाका अतिरिक्त एक भन्दा बढी मातृभाषालाई कामकाजी भाषा बनाउँन सक्ने र धारा ३२ मा प्रत्येक व्यक्ती समुदायलाई आफ्नो भाषा प्रयोग गर्न हक हुँने मौलिक हकको व्यवस्थालाई स्थानीय स्तरमा कार्यान्वयन गर्न लिम्बू भाषालाई कामकाजी भाषा बनाइएको घोषणा पत्रमा उल्लेख छ ।

नेपालको संविधान अनुसूची ८ र १७ स्थानीय सञ्चालन ऐन २०७४ दफा ११ फ मा भाषा संस्कृती र ललितकलाको विकास र संरक्षण सम्बन्धी स्थानीय स्तको नीति कानुन मापदण्ड योजना कार्यान्वयन अनुगमन र नियमित गर्ने व्यवस्था अनुसार कामकाजी भाषा बनाइएको बताइएको छ ।

वडामा किरात लिम्बू जाति र लिम्बू भाषाको बक्ताको बहुल्यता र वडा भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययन अध्यापपन भइरहेको छ । यसका साथै किरात मुन्धुम अध्ययन गर्ने माङहिममा समेत यसको प्रयोगको भइरहेको आधारमा सरकारी भाषा बनाएको बताइएको छ ।

गाउँपालिका अध्यक्ष प्रदिप चन्द्र राईको प्रमुख आथित्यतामा भएको घोषणा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला दाहाल, माङ्सेबुङ इलाम वडा ५ का अध्यक्ष नरेन्द्रकुमार राई, गाउँपालिकाका शिक्षा प्रमुख राम मिश्र, वडा नम्बर २ का अध्यक्ष रणबहादुर लिम्बू, बौद्धिक व्यक्तित्व साहित्यकार तथा कलाकार ज्ञानोदय लावती, समाजसेवी दलशमसेर लावती, उत्तम योङहाङ र सन्तोस तुम्बापो (बिष्णुराजत) लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमकै अवसरमा कार्यालय सहयोगीद्धय पर्वत राई र बीना बस्नेतलाई सम्मान समेत गरिएको थियो । साहित्यकार बिवस बलिभद्र कोईरालाले संचालन गरेको कार्यक्रममा वडाध्यक्ष पुर्ण लावतीको अध्यक्षता गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार