प्रहरी नायव महानिरीक्षकले गरे प्रहरी कार्यालयको निरिक्षण


सेवारो खबर  133 पटक हेरिएको

इलाम: एक नम्बर प्रदेश प्रहरी प्रमुख अरुणकुमार बिसीले जिल्लाका प्रहरी  कार्यालयको अनुगमन निरीक्षण गरेका छन् । प्रमुख बिसीले जिल्ला प्रहरी कार्यालय, पशुपतिनगर इलाका प्रहरी कार्यालयकाे स्थलगत अनुगमन गरेका छन् ।

१ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक बिसीले निरीक्षण तथा अनुगमन चाड पर्वहरुलाई मध्यनजर गरी सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी बिशेष सुरक्षा कायम गर्न निर्देशन दिएका छन् ।

उनले चाडपर्वमा थप शसक्त एवं प्रभावकारी ढंगले जनशक्ती परिचालन गर्न समेत निर्देशन दिएका छन् । प्रदेश प्रहरी प्रमुख बिसीले जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग समेत छलफल गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार