पहिरो खसेर सडक अवरुद


सेवारो खबर  142 पटक हेरिएको

इलाम: मेची राजमार्ग अन्तर्गत पर्ने इलामको जिरो किलोमिटरदेखि धोबीधारासम्मको सडक खण्डमा गाडी चल्न सकेका छैन। यो सडक खण्डमा पर्ने एनसीडीसी खोल्सामा पहिरो खसेकाले बिहानदेखि गाडी नचलेका प्रहरीले जनाएको छ ।

सडक बन्द भएपछि ताप्लेजुङ र पाँचथरबाट छुटेका गाडी धाेबीधारासम्म पुगेर रोकिएका छन् भने झापाबाट आएका गाडी  शून्य किलाेमिटरमै रोकिँदा त्यस आसपासको क्षेत्रमा गाडीको लामो लाइन छ । सडक बन्द भएपछि यात्रु समस्यामा परेका छन् ।

पहिरोले ३० मिटरजति सडक नै भासिएकाले तत्काल यसलाई मर्मत गर्न सक्ने अवस्था नभएको प्रहरीले जनाएको छ । साना गाडीलाई वैकल्पिक बाटो बाटोबाट पठाइएको भए पनि ठूला गाडी चल्न सक्ने वैकल्पिक बाटो नहुँदा समस्या भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार