बालबालिकाको आधारभूत शिक्षालाई पहुँच योग्य बनाउँन सूर्योदयले गर्‍यो विद्यालयसगँ कार्य सम्पादन सम्झौता

कार्य सम्पादन नतिजा अनुसार तीन लाख, दुई लाख र एक लाख पुरस्कारको घोषणा


याम माबोहाङ लिम्बू  204 पटक हेरिएको

इलाम: बालबालिकाको आधारभूत शिक्षालाई पहुँच योग्य बनाउँन सूर्योदय नगरपालिकाको शिक्षा शाखाले सामुदायिक विद्यालयसगँ कार्य सम्पादन सम्झौता गरेको छ ।

सम्झौताले राष्ट्रिय शिक्षा नीति अनुरूप बालबालिकाको सबै क्षेत्रमा विकासमा सहयोग पुग्नेछ । बालविकासमा गुणस्तरीय प्रभावकारी बन्दै शिक्षामा सबैको पहुँच पुग्नेछ ।

समावेशी, समतामूलक गुणस्तरीय शिक्षा र दिगो विकासको निम्ति यो सम्झौंताले महत्वपूणर् हुने नगर प्रमुख रणबहादुर राईले बताएका छन् ।

‘कार्यसम्पादन सम्झौंताले आफ्नो पेशाप्रतिको जिम्मेवारीलाई योजनाबद्ध तरिकाले समाधान गर्न मद्धत गर्नेछ । नगर प्रमुख राईले भने-विद्यालयको कार्यप्रगतिको आधारमा नगर पुरस्कार र सम्मानको व्यवस्था गरेका छौ । नगरको शिक्षामा व्यापक सुधार हुने आशा गरेको छु ।’

अनिवार्य गुणस्तरीय शिक्षाको शुनिश्चित गर्दै अनिवार्य र निशुल्क माध्यमिक स्तरको शिक्षा प्रदान गरेर जनशक्ति उत्पादनमा कार्य सम्पादन सम्झौता करार पत्रमा उल्लेख छ ।

शिक्षा शाखा प्रमुख योगनिधि भट्टराई र विद्यालयका प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समिति अध्यक्षको रोहवरमा सम्झौता गरेका छन् । नगरपालिकाको असोज ७ गते बसेको ए सय २८ औ कार्यपालिकाको बैठकबाट स्विकृत भएको सूर्योदय नगरपालिकाको विद्यालय कार्य सम्पदान निर्देशिका बमोजिम सम्झौता गरिएको जनाइएको छ ।

कार्यसम्पादन निर्देशिकामा नगरपालिकाको शिक्षा नियमावली २०७६ बमोजिम प्रधानाध्यापकलाई उत्तरदायी बनाइएको छ । विद्यालयको परिणामुखी व्यवस्थापन र संचालन गर्न समग्र क्रियाकलाप सुधार गर्दै विद्यालयको निर्धारित लक्ष्य हासिल गर्ने कार्यमा प्रधानाध्यापकको भूमिकालाई प्रभावकारी बनाई विद्यालयमा हुने क्रियाकलापको गुणस्तर, समयसीमा, लगात, परिणाम, जिम्मेवारी र जवाफदेहिता तथा प्रोत्साहन मापनयोग्य बनाउनका कार्यसम्पादन करार गरिएको जनाइएको छ ।

सम्झौतापछि सम्पूणर् सामुदायिक विद्यालयहरूले समावेशी, समतामूलक गुणस्तरीय शिक्षाको निम्ति महत्वपूणर् भुमिका खेल्ने नगरले अपेक्षा राखेको छ । नगरले मुख्य नतिजाको १३ वटा क्षेत्रलाई कार्यसम्पादनमा समावेश गरेको छ । कार्यसम्पादन सम्झौताले आफ्नो पेशाप्रतिको जिम्मेवारीलाई योजनाबद्ध तरिकाले समाधान गर्न मद्धत गर्ने बताइएको छ ।

विद्यालयको कार्यप्रगतिको आधारमा नगर पुरस्कार र सम्मानको व्यस्था गरिने राईले बताए । उनका अनुसार उत्कृष्ट विद्यालयहरुलाई क्रमश तीन लाख, दुई लाख र एक लाख रुपैया पुरस्कार स्वरुप प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार