धरानः संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो महाधिवेशन आउँदो मंसिर २६ र २७ गते सुनसरीको धरानमा हुँने भएको छ । मञ्चले बुधबार धरानमा पत्रकार सम्मेलन गरेर महाधिवेसनको बारेमा जानकारी गराएको हो ।
महाधिवेसन सम्पन्न गर्न आठ समिति र पाँच वटा उपसमिति परिचालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
महाधिवेशन मुल आयोजक समितिले अन्य समितिलाई परिचालन गर्नेछ । मुल आयोजक समितिमा केन्द्रीय अध्यक्ष कुमार लिङदेन मिराकको संयोजकत्वमा संघीय समिति, सबै प्रान्तीय मञ्चका अध्यक्ष एवं समितिका सदस्य, प्रवासका अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख मूल समितिको सदस्य रहने छन् ।
राजनैतिक घोषणा-पत्र र विधान मस्यौदा समितिको संयोजक अध्यक्ष कुमार लिङ्देन मिराकले नेतृत्व गर्नेछन् । सदस्यमा ज्ञानबहादुर गुरुङ, ज्ञानुहाङ इम्बुङ, चन्द्र खापुङहाङ, यलम्बर खम्बू, टेन्डी शेर्पा, रमेश गजमेर, रघुवीर ठगुन्ना र मिङमार लामा छन् ।
महाविधेशन अनुगमन, समायोजन कार्यदल समिति विशेन्द्र चेम्जोङको संयोजकत्वमा रहको छ । यसको सदस्यमा सुरेन्द्र लिम्बु, एबी पन्धाक, अशोक चेम्जोङ्, दिलकुमार लावती, भानु भट्टराई र विष्णु माया थापा भट्टराई छन् ।
आर्थिक व्यवस्थापन समिति संघीय अर्थसचिव विष्णु यक्सोको संयोजकत्वमा परिचालन हुनेछ । समितिको सदस्यमा संघीय अर्थसचिव दिपा आदाङ्मा लिम्बु, पूणर्कला तेयुङ्, बिक्रम बराइली, ग्याल्जेन शेर्पा, प्रयास बान्तवा राई र कर्मा तामाङले नेतृत्व गर्नेछन् ।
प्रचारप्रसार समितिलाई सुरेन्द्र नोनामले नेतृत्व गर्नेछन् । समितिका सदस्यमा अशोक चेम्जोङ्, शान्ता योङहाङ, गजेन्द्र लिम्बु, संगम खनाल, दिलकुमार लावती, शर्मिला बागचन्द, दावा शेर्पा र जयकुमार राई रहेका छन् ।
प्रतिनिधि तथा पर्यवेक्षक व्यवस्थापन समिति दिलकुमार लावतीको संयोजकत्वमा परिचालन हुनेछ । सदस्यमा लावाहाङ् चेम्जोङ्, भुपेन्द्र सुन्दर लावती, बलराम सदा र अजय तामाङ छन् ।
महाधिवेशन व्यवस्थापन समितिको संयोजन एबी पन्धाकले गर्ने छन् । समितिका सदस्यमा भुपेन्द्र सुन्दर लावती, पूणर्कला लिम्बु, गजेन्द्रमान चोङ्बाङ् क्याक, सजन याक्खा, अमर इजम, सञ्जुहाङ् साँम्बा, मनोहर थलङ्ग र नैन बिश्वकर्मा रहेका छन् ।
विदेश विभाग समितिको संयोजन चन्द्रकुमार लिङ्देनले गर्नेछन् । यसमा प्रवास समितिका अध्यक्षहरु सदस्य रहनेछन् ।
महाधिवेसनको पाँच उपसमितिमा स्वास्थ्य उप-समितिको संयोजनको जिम्मेवारी भुपेन्द्र सुन्दर लावतीलाई दिइएको छ । समितिको सदस्यमा जीवन सेर्मा, बिबि लिङ्देन, सजन याक्खा, आइन्द्र लिम्बू र भोला बर्देवा रहेका छन् ।
स्वयसेवक उप-समितिको संयोजनको जिम्मेवारी थाङसाङ् लावतीलाई दिइएको छ । संसदीय दलका प्रमुख एबम पार्टी प्रमुखहरुलाई निमन्त्रणा समितिको संयोजन बिष्णु तुम्बाहाम्फेले गर्नेछन् । यसमा थर्कबहादुर बस्नेत र महेन्द्र नेपाली (बिद्रोही ) सदस्य छन् ।
अतिथि सत्कार समितिको संयोजक रमेश गजमेर सदस्यमा इन्दिरा मेन्याङबो, रिता मादेन, दिलु लिङदेन लावती, दिलु सुब्बा, सरस्वति सुब्बा र नर्बदा लिम्बू रहेका छन् ।
महाधिवेशन सुरक्षा उप-समितको संयोजन गजेन्द्रमान चोङ्बाङ् क्याकले गर्नेछन् । समितिको सदस्यमा धनबहादुर सेनीहाङ रहेका छन् ।
महामारीको अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गरेर छ सयदेखि एक हजार जनाको संख्यामा प्रतिनिधि महाधिवेसनमा सहभागि हुने प्रचार विभाग प्रमुख दिलकुमार लावतीले जानकारी दिए । प्रान्तीय मञ्चको हकमा प्रान्तीय समितिले नै प्रतिनिधि संख्या निर्धारण गर्ने बताइएको छ ।
महाधिवेशन सम्बन्धमा असोज १२ गते भर्चुअल माध्यमबाट अध्यक्ष कुमार लिङ्देन मिराकको अध्यक्षतामा संघीय समिति, ११ प्रान्तका पदाधिकारी, प्रवास समन्वय मञ्च संयोजक एवम् प्रवास अध्यक्ष पदाधिकारीको बैठकले महाधिवेसन गर्ने निणर्य गरेको थियो ।
महाधिवेसन अघि संघीय लोकतान्त्रिक रास्ट्रिय मंच सम्बद्द प्रान्तीय मञ्चको प्रान्तीय महाधिबेशन, राष्ट्रि सम्मेलन सम्मेलन हुँने छन् ।
खसान प्रान्तको मङसिर १० गते अतरिया कैलाली, थरुहट प्रान्तको मङसिर ११ गते धनगढ़ी कैलाली, मगरातको मङसिर १४ गते बुटवल, तमुवान प्रान्तको मङसिर १० गते पोखरा, नेवाः प्रान्तको मङसिर १९ गते काठमाडौँ, तामाङसालिङ प्रान्तको मङसिर १८ गते काठमाडौँ, शेर्पा प्रान्तको मङसिर १४ सोलुमा, किरात खम्बुवान प्रान्तको मङसिर १६ भोजपुर, मधेश प्रान्तको मङसिर ८ गते लाहान सिराहामा, दलित मुक्ति प्रान्तीय मञ्चको मङसिर २५ धरान, लिम्बुवान प्रान्तको- मङसिर २४ र २५ गते धरानमा अधिवेसन गरिने बताइएको छ ।