माङसेबुङबाट अवैध सालको काठ बोकेको ट्याक्टर चालकसहित पक्राउ


सेवारो खबर  173 पटक हेरिएको

इलामः माङसेबुङ गाउँपालिकाबाट अवैध सालको काठ बोकेको ट्याक्टर चालकसहित पक्राउ गरिएको छ ।

माङसेबुङ-१ फेवाखोलाबाट अवैध काठ तस्करी गरिरहेको बेला ट्याक्टरसहित चालक पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले मे १ त ४१०३ नम्बरको ट्याक्टर, चालक मिलन निरौला ६ र ७ फिट लम्बाईको बटम काठ ८० थान पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेको ट्याक्टर र चालकलाई अनुसन्धानका लागि इलामका प्रहरी कार्यालय मंगलबारेमा राखिएको प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । थप अनुसन्धान र कार्वाहीका लागि सवडिभिजन वन कार्यालय माङसेबुङमा पठाउने तयारी भइरहेको पनि बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार