बिराटनगर: बेमौसमी झरीको बाढी पहिरोमा परी एक नम्बर प्रदेशमा शुक्रबार (आज) सम्ममा ६२ जनाको मृत्यू भएको छ ।
बाढी पहिरोमा परी १३ जना बेपत्ता र २० जना घाइते भएका छन् । सयौ घर डुवानमा परेको एक नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेशको पाँचथर जिल्लामा सबै भन्दा बढी मानवीय क्षति भएको छ । जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ, भने ६ जना बेपत्ता र १० जना घाईते भएका छन् ।
जिल्लाको कुम्मायक, मिक्लाजुङ, फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिकामा पहिरोले घर पुरिदा २८ जनाको मृत्यु भएको छ । पहिरोमा परी ६ जना बेपत्ता भएका छन् भने १० भएको जनाइएको छ ।
बाढी पहिरोले इलाममा बिहिबारसम्ममा १४ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता र ५ जना घाईते भएका प्रहरीले जनाएको छ ।
जिल्लाको फाकफोकथुम, माङसेबुङ गाउँपालिका, सुर्योदय, देउमाई नगरपालिका, माई नगरपालिकामा बाढी पहिरो गएको बताइएको छ ।
धनकुटाको चौबिसे गाउँपालिकामा बाढी पहिरोकै कारण ७ जनाको मृत्यु भएको छ, भने ५ जना घाईते भएका छन् ।
सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा बाढी पहिरोले ८ जनाको मृत्यु भएको छ, भने ३ जना बेपत्ता भएको जनाइएको छ ।
मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर १२ मा एक जनाको मृत्यु भएको छ ।
भोजपुरको रामप्रसास राई गाउँपालिका वडा नम्बर ६ मा खोलाले बगाएर एककोे मृत्यु भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका र उदयपुर गढी गाउँपालिकामा बाढीका कारण एक/एक जनाको मृत्यु भएको छ ।
बेमौसमी झरीले सयौ घर डुबानमा परेका छन् । ४ हजार भन्दा बढी मानिस बिस्थापित भएको प्रहरीले जनाएको छ ।
डुवान भएको क्षेत्रमा सुरक्षाकर्मी परिचालन भई बिस्थापितलार्ई सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्ने कार्य भईरहेको जनाइएको छ ।
शुक्रबारसम्ममा एक नम्बर प्रदेश भरी ५ हजार ९५ जना प्रहरी जनशक्ती उद्धार कार्यमा परिचालन भईरहेका छन्, भने बाकी प्रहरी तयारी अबस्थामा रहेका बताइएको छ ।