बिराटनगर: एक नम्बर प्रदेश प्रहरी कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९ करोड ७२ लाख ५३ हजार ६२ राजश्व संकलन गरेको छ । यसै समयमा एक हजार ८ सय ९ मुद्दा दर्ता गरेको जनाएको छ ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक, प्रदेश प्रहरी प्रमुख र प्रदेशका जिल्लाका प्रहरी प्रमुख बीचको सहकार्यको तथ्याङ्क भएको जनाइएको छ ।
संगठन प्रमुखको निर्देशनलाई पालना गर्ने र गराउने तर्फ बिशेष ध्यान दिई समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको बताइएको छ ।
आर्थिक बर्षको गएको ३ महिनामा मात्र १ हजार ८ सय ९ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ । फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ८ सय ४५ जना फरार प्रतिवादी पक्राउ गरी ३ सय ८५ बर्ष कैद भुक्तान भई, १ करोड ७४ लाख १२ हजार ७ सय २१ रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
भन्सार चोरी निकाशी तर्फ अबैध रूपमा समान चोरी निकाशी गर्ने १८ जना मानिस पक्राउ गर्दा ३ करोड ६३ लाख ५७ हजार २ सय ५६ रुपैयाँ राजश्व संकलन भएको छ ।
नदिजन्य पदार्थको अबैध रूपमा दोहन गर्ने २१ जना मानिस पक्राउ परेका छन् । ४ सय ९ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई नियन्त्रणमा लिदाँ १२ लाख ५७ हजार ७ सय ५० राजश्व संकलन भएको छ ।
अबैध काठ चोरी निकासी गर्ने २३ जना मानिस पक्राउ परेका छन् । पक्राउ पर्दा ११ सय ५ क्यूफिट काठ बरामद गरी २३ लाख ७२ हजार ३ सय ३५ राजश्व संकलन भएको बताइएको छ ।
यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षको ३ महिनामा मात्र ट्राफिक नियम उलंघन गर्ने ६२ हजार एक सय ७१ वटा सवारी साधनलाई कारवाही गर्दा ३ करोड ९८ लाख ५३ हजार राजश्व संकलन भएको जनाइएको छ ।
लागूऔषध नियन्त्रण तर्फ गाँजा १ सय ५७ किलो ३ सय ४५ ग्राम, चरेश ८ ग्राम २ सय ४० मिलिग्राम, ब्राउन सुगर ९ सय ४५ ग्राम ५ सय १७ मिलिग्राम, बिभिन्न मनोद्धिपक क्याप्सलु ६ हजार ४ सय १७, मनोद्धिपक एम्पुल १ हजार ३ सय २ र मनोद्धिपक औषधीह २ सय ५४ क्याप्सुल नियन्त्रण गरिएको छ । ३ सय १ रोपनी क्षेत्रफलमा लगाएको ६० हजार ६ सय ३७ बोट गाँजा नष्ट गरिएको छ ।