‘बाढी पहिरो पीडितहरूको लागि दीर्घकालिन र अल्पकालिन राहत प्याकेज ल्याउने’- प्रधानमन्त्री देउवा


सेवारो खबर  151 पटक हेरिएको

पाँचथर: प्रधानमन्त्री शेरबहादुर देउबाले बाढी पहिरो पीडितलाई अल्पकालिन र दीर्घकालिन रहात प्याकेज ल्याउँने बताएका छन् । उनले आइतबार (आज) इलाम र पाँचथरको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै रातको प्याकेज ल्याउँने बताएका हुँन ।

प्रधानमन्त्री देउवाले सरकारले घोषणा गरेको राहत प्याकेज अबको मन्त्री परिषद्को बैठकबाट पीडितलाई विशेष थप राहत प्याकेज ल्याउने जानकारी गराए ।

प्रधानमन्त्री देउवाले पाँचथरको फाल्गुनन्द गाउँपालिका -३ चिम्फुलाको जलसिङ माध्यमिक विद्यालयकोे प्राङ्गणमा भएको पीडितसँग भेटघाट गरे ।

प्रधानमन्त्रीले यस अघि इलामको माङ्सेबुङ गाउँपालिका-६ को चिसोपानी र पाँचथरको मिक्लाजुङ -६ को स्थलगत निरीक्षण गरेका थिए ।

निरीक्षणमा ऊर्जा, जलश्रोत तथा सिचाइ मन्त्री पम्फा भुसाल, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की लगायत सहभागी थिए ।

पाँचथरमा बाढी पहिरोबाट ३० जनाको मृत्यु भएको छ । ३ जना बेपत्ता छन् । सयौँ परिवार विस्तापित छन् । यस्तै इलाममा १४ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् ।

विद्यालयमा पहिरो प्रभावित १ सय ५० भन्दा बढी विस्थापित बस्दै आएका छन् ।

‘काग्रेसको महाधिवेशन चाडै हुन्छ’

प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली काग्रेसको महाधिवेशन चाडैँ हुने बताए । उनले अधिवेशन पछिहुने, पछि सर्ने भन्ने नभएको जानकारी गराए ।

पहिरो पीडित भेट्न आएका देउवाले पाँचथर र इलामका नेपाली काग्रेसका नेता, कार्यकर्तालाई सम्बोधन गर्दै ‘अधिवेशन पछि हुन्छ, सर्छ भन्ने कुरा होईन अधिवेशन हुन्छ हुन्छ’ देउवाले भने ‘निर्वाचन समिति बनाएका छौँ, काम अघि बढेको छ ।’
देउबाले अधिवशेनमा राम्रो हिसाबले प्रतिस्पर्धा गर्न आग्रह समेत गरे ।

प्रधानमन्त्री देउवा आउने खवरले इलाम र पाँचथरका काग्रेस कार्यकर्ता ठुलो संख्यामा राकेँमा भेला भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार