इलाम: इलामको दश पालिका मध्ये ७ स्थानीय तहमा नेकपा एमालेको अधिवेसन सकिएको छ ।
अधिवेसन हुँन बाँकी तीन स्थानीय तह मध्ये फाकफोकथुम गाउँपालिमा कातिक १६ मा अधिवेसन हुँनेछ ।
बाढी पहिरोसँगै असामयिक मृत्यको समस्यामा परेको माङ्सेबुङ र चुलाचुली गाउँपालिकाको अधिवेसन भने तिहार पछि हुँने नेकपा एमाले इलामले जनाएको छ ।
इलाम नगरपालिका: नेकपा एमाले इलाम नगर कमिटी अध्यक्षमा तिलक ठकुरी र उपाध्यक्षमा दीपेन्द्र चापागाईं चुनिएका छन् ।
नगर सचिवमा भने ठाकुरनारायण श्रेष्ठ, उपसचिवमा चित्रकला गुरूङ र नारदमणी लम्साल रहेका छन् ।
सूर्योदय नगरपालिका: नेकपा एमाले सुर्योदय नगरपालिकाको अधिबेशनबाट अध्यक्षमा दुर्गादेवी भट्टराई निर्वाचित भएकी छन् ।
कमिटीको उपाध्यक्षमा बिमल कार्की सचिवमा पारस राई, उप सचिवमा शंकरप्रसाद गदाल र टंक प्रसाद घिमिरे निर्वाचित भएका छन् ।
देउमाई नगरपालिका: नेकपा एमाले देउमाई नगर कमिटीको अधिवेशनबाट अध्यक्षमा भीमलाल खनाल निर्वाचित भएका छन् ।
उपाध्यक्षमा दावा तामाङ, सचिवमा नेत्र ढुङ्गेल चयन भएका छन् । उपसचिवमा गंगा भट्टराई र चिजुमाया राई निर्वाचित भएका छन् ।
माई नगरपालिका: नेकपा एमाले माई नगर अधिवेशनबाट अध्यक्षमा खम्बसिंह लिम्बू निर्वाचित भएका छन् ।
उपाध्यक्षमा नरेन्द्रबहादुर खड्का विजयी भएका छन् । सचिवमा हेमबहादुर लायो मगर उपसचिवमा तोयानाथ घिमिरे र देवीप्रसाद नेपाल छानिएका छन् ।
माइजोगमाई गाउँपालिका: नेकपा एमाले माईजोगमाई गाउँपालिकामा अध्यक्षमा खगेन्द्र घिमिरे चयन भएका छन् ।
कमिटीको उपाध्यक्षमा सोनाम शेर्पा, सचिवमा भेषराज भट्टराई निर्वाचित भएका छन् । यस्तै, कमिटीको उपसचिवमा धनबहादुर सुवेदी र अम्मर देवान छानिएको छ ।
रोङ गाउँपालिका: नेकपा एमाले रोङ गाउँ गाउँपालिकाको अधिवेशनबाट अध्यक्षमा खड्ग आले निर्वाचित भएका छन् ।
उपाध्यक्षमा सत्यम् राई, सचिवमा उपेन्द्र न्यौपाने चयन भएका छन् । सहसचिवमा सरन तामाङ र दुर्गा अधिकारी छानिएका छन् ।
सन्दकपुर गाउँपालिका: नेकपा एमाले सन्दकपुर गाउँपालिकामा अध्यक्षमा गिरिराज खनाल निर्वाचित भएका छन् ।
गाउँपालिका कमिटी उपाध्यक्षमा चन्द्र राई निर्वाचित भएका छन् । सचिवमा केवल राई सर्वसहमतिबाट छानिए । उपसचिव पदमा पूर्वबहादुर राई र सिद्धार्थ राई छनौट भएका छन् ।