काठमाडौं: नेकपा एकीकृत समाजवादीको इलाम जिल्ला इञ्चार्जमा रामचन्द्र पराजुली तोकिएको छ । पराजुली महेन्द्र रत्न बहुमुखी क्याम्पसका पूर्व प्रद्यापक हुन ।
पार्टीको सह इञ्चार्जमा तीन जना छनौट गरेको छ । उनिहरूमा जिल्ला अध्यक्ष भक्त केसी, प्रदेश १ की सांसद खिनु लङ्वा र प्रमिला बस्नेत चयन भएका छन् ।
चुनाव चिन्ह कलम, झण्डालाई पनि मान्यता: नेकपा एकीकृत समाजवादी पार्टीले कलम चुनाव चिन्ह पाएको छ ।
निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो ।
नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबीच पार्र्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले पत्रमार्फत पार्टीलाई जानकारी गराएको छ ।
आयोगले एकीकृत समाजवादीलाई रातो पृष्ठभूमिमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्र्टी झण्डाका रूपमा मान्यता दिएको छ ।