बिराटनगर: १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले राजीनामा घोषणा गरेका छन् ।
सोमवार (आज) प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्य राजीनामा घोषणा गरेका हुँन ।
गएको भदौ ९ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले ६९ दिन सरकारको नेतृत्व गरे।
एमाले विभाजनपछि अल्पमतमा परेका मुख्यमन्त्री आचार्यसँग विपक्षी गठबन्धनले लामो समयदेखि राजीनामा माग्दै आएको थियो । तर आचार्यले विश्वासको मत लिने प्रस्ताव निणर्यार्थ पेश हुने दिन राजीनामा गरेका हुन् ।
तत्कालीन एमालेको आन्तरिक कलहमा माधवकुमार नेपाल-झलनाथ खनाल पक्षमा रहेको आचार्यले पार्टी विभाजनमा साथ नदिएर प्रदेशको मुख्यमन्त्री रोजेका थिए ।