प्रदेश १मा नेकपा एकिकृत समाजवादीका नेता राईको नेतृत्वमा नयाँ सरकार गठनको दाबी पेश


सेवारो खबर  170 पटक हेरिएको

बिराटनगरः प्रदेश नम्बर १ मा गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न आह्वान गरेलगत्तै विपक्षी गठबन्धनले नयाँ सरकार गठन गर्नका लागि दाबी पेश गरेका हुँन ।

गठबन्धनले ४९ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेको हो ।

नयाँ सरकार बनाउन नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोक्तान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन् ।

९२ सदस्यीय प्रदेश सभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाको एक जना सांसद रहेका छन् ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल मातृशोकमा काठमाण्डौमा रहेको कारण उनको हस्ताक्षर छैन ।

प्रदेश प्रमुखले दाबी पत्र बुझ्दै भोली मङ्गलबार २३ गते दिउँसो २ बजेका लागि शपथ ग्रहणको समय समेत तोक्नुभएको छ ।

मुख्यमन्त्रीको सपथ लिएर सानो आकारको मन्त्रिपरिषद् पनि तत्काल गठन गर्ने तयारी गरेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार