इलामः बेमौसामी वर्षाले पुर्याएको क्षतिको पुन निर्माणमा लाग्नु पर्ने कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँडले बताएका छन् ।
उनले वर्षाले क्षति भएको पूर्वी पहाडका जिल्लाको अवलोकन गर्दे इलाम आएका खाँणले संरचनाको पुनः निर्माणमा लाग्नुपर्ने बताएका हुन् ।
वेमौसमी वर्षले धेरैलाई घरवारविहिन बनाउँदै कृषिबालीमा ठूलो क्षति गरेको बताउँदै गृहमन्त्री खाँडले सडकसँगै अन्य संरचनालाई पनि भत्काएको भन्दै प्रधानमन्त्री राहतका लागि आएका जनाकारी गराए ।
‘हाम्रो समूह अनुगमन सँगै पुनः निर्माणका लागि अध्ययन गर्न आएको हो’ उनले भने- पहिरो रोक्न रुखविरुवा रोप्नुपर्ने पढेका थियौ तर यतिबेला बिरुवा भएकै ठाउँमा पहिरो गएको छ । अब भूगोल अनुसार कस्तो विरुवा रोप्दा ठिक हुने भन्ने अध्ययन गरेर अघि बढ्नु पर्छ ।’
मन्त्री खाँडले सरकारले बाडी पहिरोमा परेर मृत्यू हुँने परिवारलाई नगद दुई लाख र सोही घरका अन्य ब्यक्तिको ज्यान गएको भए प्रति ब्यक्ति नगद एक लाख दिलाउने निणर्य गरेको जानकारी गराए । उनले राहत समेत थप गर्न लागि परेको बताउँदै घाइतेको निशुल्क उपचार र बेपत्ताका परिवारलाई समेत नगद दुई लाख राहत दिन लागेको बताए ।
मन्त्रीसँगै राष्ट्रीय योजना आयोगका उपाध्यक्ष, सडक बिभागका प्रतिनिधि, प्राविधिक लगायतको टोलीले बाडी पहिरो प्रभावित क्षेत्रमा बिद्युत, खानेपानी र सिंचाइका क्षेत्रमा वढि असर देखिएकाले त्यसतर्फ आफुहरूको ध्यान गएको जानकारी गराए ।
मन्त्री सहितको धनकुटा, पाँचथर र इलामको बाडी पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका थिए ।
यस अघि प्रधानमन्त्री शेरबहादुर देउबाले अवलोकन पश्चात थप राहतको घोषणा गर्ने बताएका थिए ।