प्रदेश १ का मुख्यमन्त्री राईसँगै ५ मन्त्रीले लिए शपथ


सेवारो खबर  302 पटक हेरिएको

बिराटनगर:  प्रदेश १का मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । उनले मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

मुख्यमन्त्री राईले नियुक्त गरेका प्रदेश सरकारमा ५ मन्त्रीले समेत मंगलवारै शपथ लिएका छन् ।

मुख्यमन्त्री राईले नेपाली कांग्रेसबाट केदार कार्कीलाई आन्तरिक मामिला मन्त्री र हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री बनाएका छन् ।

नेकपा माओवादी केन्द्रबाट इन्द्र आङ्बो आर्थिक मामिला मन्त्री, जनता समाजवादी पार्टीबाट जयराम यादव सामाजिक विकास मन्त्री र राष्ट्रिय लोकतान्त्रिक मञ्चबाट विष्णुमाया तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री बनाइएको छ ।

नेकपा एमालेका सचिव तथा निवर्तमान मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीबाट राई मुख्यमन्त्री बनेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार