जीतपुरः अधिकार र अवसर सुनिश्चित गर्न पहिचान आवश्यक रहेको देउमाई नगरपालिका–९ जीतपुरमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले राष्ट्रिय जनगणनामा किरात धर्म लेखौं अभियान कार्यक्रममा बोल्दै गणकलाई राष्ट्रिय पहिचान स्थापना गर्न जानकारी दिनु पर्नेमा जोड दिए ।
किरात याक्थुङ चुम्लुङको केन्द्रीय उपाध्यक्ष यामप्रसाद योङहाङले तथ्याङ्कले राष्ट्रिय नीति निर्माणमा निर्णायक भूमिका निर्वाह गर्ने हुँनाले राष्ट्रिय पहिचान स्थापना गर्नु गणकलाई सहि जानकारी दिनु पर्ने सुझाए । उनले आफ्नो जानकारीलाई गणना योग्न बनाउँनु आग्रह गर्दै तथ्याङ्कलाई अन्य कोलमा पार्न नहुँने बताए ।
किरात धर्म लेखौं अभियान महासमितिका उपाध्यक्ष हर्कवीर योङहाङले जनगणनाको राष्ट्रिय तथ्याङ्कमा सामेल गराउँन सहि जानकारी गराउँनु पर्नेमा जोड दिए । उनले सम्पूर्ण किरात समुदायले धर्मको महलमा किरात धर्म लेखाउँन अनुरोध समेत गरे ।
किरात धर्म लेखौं अभियान अन्तर्गत भएको कार्यक्रममा स्थानीय सुकबहादुर लोरिन्देनको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयवासीको सहभागिता रहेको थियो ।