प्रेस सेन्टर इलामको अध्यक्षमा सेवारोखबर डटकमकी सह-सम्पादक बुद्धमाया


सेवारो खबर  225 पटक हेरिएको

इलाम: प्रेस सेन्टर नेपाल इलामको अध्यक्षमा सेवारोखबर डटकमकी सह-सम्पादक बुद्धमाया सोङ्मी निर्वाचित भएकी छिन् । सेन्टरको बिहीबार सम्पन्न पाँचौ जिल्ला अधिवेसनले सोङ्मीलाई अध्यक्षमा छानेको हो ।

संगठनको उपाध्यक्षमा सरीता राई र लिलाबहादुर लिम्बू, सचिवमा नमिन ढकाल, सहसचिवमा स्मीता देवान र किरण राई तथा कोषध्यक्षमा रोशन काफ्ले छनौट भएका छन् ।

१४ सदस्यीय शाखाका सदस्यहरूमा गंगा पराजुली, गोपाल गिरी, तेजबहादुर घिमिरे, धमप्रसाद जवेगू, दलबहादुर लिम्बू, नविन फागो र अंकित बराईली निर्वाचित भएका छन् ।

नेकपा (माओवादी केन्द्र) प्रदेश १ सदस्य एवम् इलाम इन्चार्ज टीका घिमिरेको प्रमुख आतिथ्यतामा भएको उद्घघाटन कार्यक्रममा माओवादी केन्द्र इलामका संयोजक सोममाया राई (सिन्धु), सचिव विजय खम्बू, प्रेस सेन्टर केन्द्रीय सदस्य मिलन लिम्बू, लक्ष्मी मिश्र, नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष राम योङहाङ, प्रेस युनियनकी अध्यक्ष सविता पाण्डे, प्रेस चौतारीका प्रतिनिधि रमेश पराजुली, समाजवादी प्रेस संगठनका सोम शर्मा, पत्रकार किरण पौड्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रेस सेन्टर जिल्ला सम्मेलन आयोजक समितिका संयोजक राजेश पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार