बाल हेल्पलाईन १०९८(दशनौआठ) इलामले पहिरो पीडित बालबालिकालाई दैनिक उपभोग्य सामग्री दियो


सेवारो खबर  249 पटक हेरिएको

इलामः बाल हेल्पलाईन १०९८(दशनौआठ) मानव अधिकार मञ्च नेपाल इलामले सूर्योदय नगरपालिकाको पहिरोमा परी समस्यामा परेका ८ बालबालिकालाई दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ ।

नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको समन्वयमा मञ्चले छ घरपरिवारका बालवालिकालाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य र शैक्षिक सामग्री सहयोग गरेकोे बालहेल्प लाईनका प्रमुख भक्तबहादुर थामीले जानकारी गराए ।

गएको कात्तिक पहिलो हप्ता परेको बेमौसमी वर्षाका कारण विस्थापित भएका ११ वर्षकी साक्षी धमाला, दुई वर्षकी सानिध्या धमला, पाँच वर्षिया प्रिन्स गुरूङ, तीन वर्षका सौजन महरा, सात वर्षका दिप्सन थापा, १५ वर्षका निश्चल तामाङ र लाक्पा छेदा शेर्पालाई ८६ हजार २ सय रूपैयाँ बराबरको सामग्री सहयोग गरेको बताइएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा नगरपालिका उपप्रमुख दुर्गादेवी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल, प्रसासकीय अधिकृत सबिना चौलागाईं, ३ नम्बर वडा अध्यक्ष होमबहादुर कार्की कार्यपालिका सदस्य, महिला बालबालिका शाखाको उपस्थितिमा मानव अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देवेन्द्र विश्वाकर्मा, बाल हेल्पलाईन प्रमुख भक्तबहादुर थामी, घटना व्यवस्थापन अधिकृत मनकुमार बराईली, डेस्क अधिकृत रञ्जु थामीको उपस्थिीतिमा रहेको थियो ।

हेल्पलाइनले जिल्लाको माङसेबुङ, फाकफोकथुम र देउमाई नगरपालिकामा र त्यसपछि पाँचथरमा सहयोगको कार्यक्रम गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार