संघीय लिम्बुवान मञ्च नेपाल इलाम अध्यक्षमा विपिन योङ्या


सेवारो खबर  260 पटक हेरिएको

 

इलामः विपिन योङयालाई इलाम जिल्ला अध्यक्ष बनाउँदै संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला अधिवेसन बुधबार सम्पन्न भएको छ ।

इलाम बजारमा सम्पन्न अधिवेसनले योङयालाई सर्वसम्मत अध्यक्ष छान्दै ३१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको बताइएको छ ।
निर्वाचित कार्य समितिको उपाध्यक्षमा फूलकुमार सेर्मा, विरेन सम्बाहाम्फे, सनबहादुर योङहाङ, पूर्ण फत्र छानिएका छन् ।

समितिको सचिवमा अम्बिका योङहाङ, जितकुमार मुखिया र राजन लिम्बु छानिए ।

अर्थसचिव सम्झना लावती भएकी छिन ।

सचिवालय सदस्यमा सीता लावती, वीरबहादुर सेर्मा, प्रेमसिं थेगिम, दुर्गा थगिम, प्रसान्त राई, टंकबहादुर नुगो, सुस्मा फागो छन् ।

सदस्यमा टिकानाथ भट्टराई, धनराज योङहाङ, दुर्गासिं योङया, सन्तकुमार राई, लालबहादुर चाम्लिङ, केहेरसिं लावती, रमेश फत्र, सन्तोष इवा, शिव केरुङ, सन्जीव मगर, विरेन थेवे, अमित चेम्जोङ, बालछिरिङ लेप्चा, फाल्गुनन्द योङहाङ र विष्णु कुरुम्फङ छानिएका छन् ।

अधिवेसनमा मञ्चका प्रान्तीय उपाध्यक्ष डुपछिरीङ काजीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रान्तीय महासचिव शान्ता योङहाङ, उपमहासचिव दिलकुमार लावती, संघीय सचिवालय सदस्य हेमबहादुर लिम्बु, सुखबहादुर थेगिम, प्रान्तीय सदस्य सन्तोष तुम्बापो, कुमार तुम्बापो, गोविन्द योङहाङ, राम नुगो लगायतको उपस्थीति रहेको थियो ।

जिल्ला अध्यक्ष दिपक योङहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विरेन सम्बाहाम्फेको स्वागत गरेको कार्यक्रम सचिव अम्बिका योङहाङले संचालन गरे ।

अधिवेसनमा जिल्लाको सबै पालिकाबाट दुईसय प्रतिनिधिको सहभागीता रहेको थियो । कार्यक्रममा लिम्बुको केलाङ र सांगीतिक प्रस्तुती समेत देखाइएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार