तनाव व्यवस्थापन सम्बन्धि चार दिने तालिम सम्पन्न


सेवारो खबर  249 पटक हेरिएको


इलाम: मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा तनाव व्यवस्थापन तथा स्वःहेरचाह सम्बन्धि चार दिने तालिम सम्पन्न भएको छ ।

भर्चुअल माध्यमबाट भएको तालिममा तनाव तथा चिन्तालाई सकारात्मक तरिकाले सामना गर्ने सीप । भावनात्मक रूपमा स्वाथ्य रहन, अरूसँग सकारात्मक सम्बन्ध राख्न, अरुको आदर प्रसंशा गर्न, जीवनको उद्देश्य पुरा गर्न प्रयास गर्ने सीपको बारेमा जानकारी गराइएको थियो ।

दैनिक जीवनमा हरेक क्षेत्रमा स्वःहेरचाह गर्ने ज्ञानको जानकारी गराइएको मञ्चले जनाएको छ । तालिम टिपिओ नेपालका सहजकर्ता जितेन्द्र राई, भरत गौतम र अम्बिका बलामीले सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार