क्षेत्र नम्बर दुई क प्रदेश सभापतिमा गोपाल चौहान निर्वाचित


सेवारो खबर  290 पटक हेरिएको

इलाम:  नेपाल कांग्रेसको क्षेत्र नम्बर दुई क प्रदेश सभापतिमा गोपाल चौहान निर्वाचित भएका छन् । उनि दुई सय २९ मत सहित बिजयी भएका हुँन ।

इलामको नेपालटारमा बिहान सम्पन्न अधिवेसन निर्वाचन मत परिणाम अनुसार उनको निकटतम प्रतिष्पर्धी राजेन्द्र बाँस्तोलाले एक सय ६० प्राप्त गरे ।

सभापति पदका चारजना प्रतिपर्दीमध्ये श्यामकुमार श्रेष्ठले ९८ र माधव बस्नेतले ८० मतमा चित्त बुझाएका छन् ।

उपसभापतीमा विष्णु सुब्बा र मनकुमार गुरुङ निर्वाचित भएका छन् । उनिहरूले क्रमश दुई सय ४४ र दुई सय ३५ मत प्राप्त गरेका छन् । उनिहरूका प्रतिष्पर्धी कमलमणी खनालले एक सय ३१, सुतिता श्रेष्ठ कर्माचार्यले एक सय २४, शिवराज घिमिरेले एक सय ११ र शोभावती खत्री कार्कीले एक सय ३ मत पाएका छन् ।

सचिवमा श्री बिष्ठ र दिपेश खत्री छानिएका छन् । उनिहरूले क्रमश दुई सय ६७ र दुई सय २४ मत प्राप्त गरे । उनिहरूका प्रतिष्पर्र्धी गजेन सुब्बाले एक सय ४५, बिनोद न्यौपानेले एक सय ३१, मोहन पराजुली एक सय १४ र सन्तोष राईले ८० मत पाएका छन् ।

सह-सचिवमा राजेन्द्र पौडेल (रिकी) र सूर्यबहादुर कार्की छानिएका छन् । उनिहरूले क्रमश दुर्य सय ७० र दुई सय ५६ मत प्राप्त गरेका छन् ।

यस्तो हुँनुपर्छ नेपाली कांग्रेसको क्षेत्रीय प्रदेश कार्य समिति

प्रदेश सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा तीन महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना प्रदेश सभा क्षेत्रको जनसंख्याको बनोट अनुसार, तोकिए बमोजिम समानुपातिक आधारमा गरी जम्मा १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ ।

प्रदेश अधिवेशनको प्रतिनिधि हुन क्रियाशील सदस्यता प्राप्त गरेको तीन वर्ष पुगेको हुनु पर्नेछ । कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सह-सचिव निर्वाचनबाट छानिनेछन् । कार्य समितिमा आएका १६ जना प्रतिनिधि मध्येबाट कोषाध्यक्ष मनोनयन गरिनेछ ।

सभापतिले कार्यसमितिको २० प्रतिशत अर्थात् चार जना सदस्य मनोनीत गर्ने छन् । यसरी जनसंख्याका आधारमा प्रदेश सभा निर्वाचन समिति २७ सदस्यीय वा त्यो भन्दा केही तल-माथि हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार