इलामः नेपाली कांग्रेको क्षेत्र नम्बर १ ‘क’ सभापतिमा मैया लिम्बु निर्वाचित भएका छन् । उनले एक सय २३ मत प्राप्त गरिन् । उनको निकटतम प्रतिष्पर्धी पुनम गुरुङ्गले एक सय ४ मत पाए ।
सभापतिका अर्का प्रतिष्पार्धी रमेशचन्द्र सुवेदीले ८१ मत प्राप्त गरेका छन् ।
उपसभापतिमा ज्ञानबहादुर राई र मोहन कुमार गुरुङ्ग निर्वाचित भएका छन् । राईले एक सय ४४ र गुरुङ्गले एक सय २५ मत प्राप्त गरेका छन् ।
उपसभापतिमा प्रतिस्पर्धी बासुदेव अधिकारीले एक सय १० मत, भोला भण्डारीले ९६ मत र नीरबहादुर फागोले ७० मतमा चित बुझाउँनु परेको छ ।
सचिवमा कुसुम दाहाल र मनोज लेप्चा निर्वाचित भएका छन् । दाहालले एक सय ४५ र लेप्चाले एक सय ३९ मत प्राप्त गरे ।
सचिवमा प्रतिस्पर्धी तारा न्यौपानलेले एक सय १० मत, राम घिमिरेले एक सय दुई मत, बसुधा मोक्तान प्रधानले ६९ मत प्राप्त गरेकी छिन् ।
सह-सचिवमा सीता घिसिङ र मखन गुरुङ्ग निर्वाचित भए । घिसिङले दुईसय ४४ र गुरुङ्गले एक सय ४७ मत पाएका छन् ।
सह-सचिवका निकटतम प्रतिष्पर्धी कृष्णबहादुर राईले एक सय २७ मत पाए ।
सभापतिमा विजयी लिम्बू जिल्ला सभापतिका आकाक्षी डम्बर खड्का निकट उम्मेद्वार हुन् । लिम्बुलाई जिल्ला सभापति हिमालय कर्मचार्यको समुहले पनि सघाएको श्रोत बताउँछ ।
लिम्बु हालै सम्पन्न प्रदेश निर्वाचन क्षेत्र इलामको एक्ली महिला सभापति हुन् । दुई प्रतिष्पर्धीलाई पछि पार्दै लिम्बु सभापतिमा निर्वाचित भएकी हुन् ।
उनको निकटतम प्रतिष्पर्धी पुनम गुरुङ्ग पूर्व जिल्ला सभापति केशव थापा निकट मानिन्छन् । क्षेत्रीय सभापतिका अर्का प्रतिष्पार्धी रमेशचन्द्र सुवेदीले जिल्ला सभापतिका आकाक्षी भेषराज आचार्यको समुहबाट उम्मेद्वार बनेका थिए ।