इलामः नेपाली कांग्रेको क्षेत्र नम्बर १ ‘ख’ सभापतिमा सभापतिमा निश्कल राई निर्वाचित भएका छन् । राईले एक सय ६१ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
सभातिमा चार प्रतिष्पर्धी मध्ये श्याम बहादुर कार्कीले ८३ मत पाए । मनबहादुर बस्नेतले ७३ मत पाए । अर्का प्रतिष्पर्धी सुवक श्रेष्ठले १४ मत प्राप्त गरेका छन् ।
उपसभापतिमा पहलमान थापा र सुरेन पौडेल निर्वाचित भए । थापाले दुई सय १९ मत र पौडेलले एक सय ९५ मत प्राप्त गरे ।
उपसभापतिका तीन प्रतिष्पर्धी मध्ये रामबहादुर कार्मीले एक सय २२ मत पाएका छन् ।
सचिवमा लोकबहादुर राई र एगा अर्याल निर्वाचित भएका छन् । राईले एक सय ९६ र अर्यालले एकसय ८५ मत पाएका छन् ।
सचिवका तीन प्रत्यासी मध्ये एक सय ८४ मत पाएका सूर्य राई पराजित बनेका छन् ।
सह-सचिवमा हेमकुमारी चौहान र सुवास पौडेल निर्वाचित भएका छन् । चौहानले दुई सय ३० मत र पौडेलले एक सय ७० मत ल्याए ।
सहसचिवको तीन प्रतिष्पर्धी मध्ये तिलक अधिकारीले एक सय ४५ मतमा चित बुझाए ।
निर्वाचित सभापति राई जिल्ला सभापतिका आकाक्षी भेषराज आचार्य समुहबाट सभापतिमा उम्मेद्वारी दिएका थिए ।
सभातिमा चार प्रतिष्पर्धी मध्ये कार्की जिल्ला सभापति हिमालय कर्मचार्य निकट हुन् । उप विजेता बस्नेतले जिल्ला सभापतिका आकाक्षी डम्बर खड्का समुहबाट चुनाबी मैदानमा उत्रिएको बताइन्छ । अर्का प्रतिष्पर्धी श्रेष्ठले पूर्व जिल्ला सभापति केशव थापा निकटका उम्मेद्वार हुन् ।