इलामः ‘रामप्रसाद दुलाल स्मृति पत्रकारिता’ पुरस्कार बिजयशेखर भटटराईलाई प्रदान गरिएको छ । उनलाई दोसल्ला ओढाई नगद २० हजार रुपैंयाँ सहि पुरस्कार दिइएको छ ।
नेपाल प्रेस यूनियन इलामले शनिबार सदरमुकाममा रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार बितरण गरेको हो ।
कार्यक्रममा युनियनका केन्द्रिय महासचिब अजयबाबु शिबाकोटी र प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले पुरस्कार र सम्मान पत्र प्रदान गरे ।
नेपाल प्रेस युनियनले प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गिय रामप्रसाद दुलालको स्मृतिमा स्थापना गरेको पुरस्कारबाट भट्टराईलाई पुरस्कृत गरेको बताएको छ ।
तीन दशकदेखि पत्रकारीतामा क्रियाशिल भटटराई अहिले नेपाल टेलिभिजनका इलाम संवाददाता हुन । उनिसँग रासस, राजधानी दैनिक, आर्थिक अभियान दैनिक सहित बिभिन्न सञ्चार माध्यमको अनुभव छ ।
कार्यक्रममा पत्रकार महासंघ इलाम शाखाका पूर्व सभापति एवं महासंघ प्रदेश नम्बर १ का पूर्व उपाध्यक्ष सोमनाथ सुसेली, महासंघ इलाम शाखा अध्यक्ष बिप्लव भटटराईले र परिवारको तर्फबाट जीवनमणि दुलालले स्वर्गीय रामप्रसाद दुलालले प्रजातान्त्रीक आन्दोलनका साथै नेपाली काँग्रेसको राजनीतिमा पुरयाएको योगदान र उहाँको जीवन संघर्षको बारेमा चर्चा गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का, नेपाल प्रेस यूनियनका केन्द्रिय सदस्य माधब चौलागाइँ, काँग्रेसका जिल्ला सचिब खगेन्द्र देवान, महासमिति सदस्य हरि खनाल, नेपाल शिक्षक संघ प्रदेश नम्बर १ का अध्यक्ष पूणर् गौतम, नेकपा माओबादी केन्द्रका प्रकाश परियार लगायतले उपस्थितीमा भएको कार्यक्रममा संस्थाका सचिब टिका खतिवडाले सञ्चालन गरे ।
कार्यक्रम युनियनकी अध्यक्ष सबिता पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
को हुन पुरस्कृत भट्टराई
पुरस्कृत भट्टराई नेपाल टेलिभिजनका जिल्ला सम्बाददाता हुन । उनि सुत्रधार अनलाइनका प्रधान सम्पादन गर्छन ।
देशान्तर साप्ताहिक, राष्ट्रिय समाचार समिति, नेपाल समाचार पत्र दैनिक, राजधानी दैनिक, जस्ता समाचार संस्थाहरुमा सम्बाददाताको अनुभव छ ।
स्थानीय सूत्रधार साप्ताहिकको कार्यकारी सम्पादकका साथै रेडियो नेपालबाणीको स्थापनामा प्रमुख भुमिका निभाएर स्टेसन म्यानेजरको जिम्मेवारी सम्हाली सकेका छन् ।
उनले नेपाल प्रेस युनियनका पुर्व सभापति बनेका हुन ।
बिक्रम सम्बत २०३१ मा माइजोगमाई गाउँपालिकाको नामसालिड. स्थित घुमाउने टारमा जन्मिएका पत्रकार भट्टराई २०५१ सालबाट पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् ।