इलामः चुलाचुली गाउँपालिका वडा नम्बर-३ पेल्टिमारीमा बाल बिवाहको भोज रोकिएको छ । भोज रोकिएपनि बिवाह भने बदर हुँने नहुँने निश्चित नभएको स्थानीयले बताएका छन् ।
केटा पक्षले आइतबार आयोजना गरिको बिहे भोज जनप्रतिनिधि, प्रहरी प्रशासन, विध्यालयका विध्यार्थी, बाल क्लब, शिक्षक, युवा सशक्तिकरण समूहका प्रतिनिधी र सञ्चारकर्मीको पहलमा रोकिएको बताइएको छ ।
१९ वर्षकी केटीको माइतीको ठेगाना नखुलाइए पनि केटाको उमेर १९ वर्ष पुग्न तीन महिना बाँकी रहेकोले बाल बिवाह गर्न नहुँने सचेत गराइएको छ ।
केटीको उमेर नावालकबाट सावालक भएको र केटापनि १९ वर्ष पुग्न तीन महिना मात्र बाँकी रहेकोले सचेत गराएर छोडिएको वडा अध्यक्ष नरबहादुर लावतीले जानकारी गराए ।
अध्यक्ष लावतीका अनुसार गाउँपालिका बालमैत्री घोषणाको काममा लागेकोले बाल बिवाह मुक्त बनाउँन बिवाह भोज रोकिएको हो । उनले भोज मात्रै होइन बाल बिवाह नै रोकिनु पर्नेमा जोड दिए ।
२० वर्ष उमेर पुगेर गरेको विवाहलाई मात्र कानुनी मान्यता पाउँने कानुनमा उल्लेख छ । २० वर्ष बर्ष नपुगी बिवाह गरेमा स्वत बदर हुँने व्यवस्था छ ।
बाल बिवाह गरेमा के हुन्छ ? कानुनमा के छ ?
मुलुकी देवानी संहिता-२०७४ को परिच्छेद ११ दफा १७३ उपदफा १ अनुसार विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन । (२) उपदफा (१) विपरीत भएको विवाह स्वतः बदर हुनेछ ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने उल्लेख छ ।