इलाम क्षेत्र नं. १ को नेपाली कांग्रेस सभापतिमा सम्शेर राई


सेवारो खबर  159 पटक हेरिएको

इलामः इलाम क्षेत्र नं. १ को नेपाली कांग्रेस सभापतिमा समशेर राई निर्वाचित भएका छ्न । उनले खसेको ७ सय ११ मत मध्ये दुई सय ४७ मत ल्याएर राई सभापतिमा निर्वाचित भएका हुन ।

३३ मत अन्तरले राई सभापतिमा निर्वाचित बन्दा सभापतिका अर्का उम्मेद्धार भिष्म प्रधानले दुई सय १४ मत ल्याए । सभापतिकै उम्मेद्धार दुर्गा बरालले एक सय ९७ मत र मिलन क्षेत्रीले २१ मत ल्याए ।

निर्वाचित सम्शेर राई जिल्ला सभापतिका आकांक्षी भेषराज आचार्य निकटको बताइन्छ ।

सचिवमा दुई सय ५४ मत सहित राजकुमार लिम्बु सेरेङ र दुई सय ३१ मत सहित यामन लामा बिजयी बनेका छन ।

सह-सचिवमा तीन सय १० मत सहित प्रज्वल भट्टराई र दुई सय ६६ मत सहित बुघराज लिम्बु विजयी भएका छन् ।

प्रत्यक्ष सदस्यमा देवेन्द्र अधिकारी, नितेश खत्री र राजु राई बिजयी बने ।

सदस्यको खस आर्यतर्फ गणेश खड्का, सदस्य आदिवासी जनजाती महिला तर्फ बिमला तामाङ र मलता गुरुङ आदिवासी जनजाती खुल्ला तर्फ जिवन राई र रविन देवान बिजयी भएका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार