निर्वाचन आयोगले स्थानीय तहको कन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन गर्दै


सेवारो खबर  266 पटक हेरिएको

इलाम: निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटोसहितको मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले निर्वाचनलाई लक्षित गर्दै इलाममा दुई चरणमा नामावली संकलन गर्ने जनाएको छ ।

स्थानीय तहको केन्द्रबाट पहिलो चरणमा १७ देखि २६ मंसिरसम्म र दोश्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म फोटो सहितको मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकृत देवीचरण फुएलले जानकारी दिए ।

पहिलो चरण माङसेबुङ, फाकफोकथुम, सन्दकपुर र माइजोगमाई गाउँपालिका र देउमाई नगरपालिकाको केन्द्रमा पुगेर फोटो सहितको मतदाता नामावली संकलनको गरिने छ ।

दोस्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म ४ वटा स्थानीय तह रोङ र चुलाचुली गाउँपालिका एवम् सूर्योदय र माई नगरपालिकाको केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलनको काम गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रहेको इलाम नगरपालिकामा भने त्यहीबाट नियमित रुपमा फोटो सहितको मतदाता नामावली संकलन हुँने बताइएको छ ।

फोटोसहितको मतदाता नामावली दर्ता गर्न के चाहिन्छ ?

मतदाता नामावली दर्ताका लागि १६ वर्ष पुगेको हुँुनुपर्छ । नागरिकले नागरिकताको सक्कल र प्रतिलिपि सहित आफ्नो स्थानीय तहको केनद्रमा पुग्नुपर्ने छ ।

तोकिएको समय अवधिभित्र अन्य जिल्लाका नागरिकले पनि जिल्ला निर्वाचन कार्यालयमा पुगेर फोटो सहितको मतदाता नामावली दर्ता गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार