चुलाचुलीका एक सय २१ ले लिए, व्यवसायिक योजना बनाउने सिप


सेवारो खबर  268 पटक हेरिएको

इलामः चुलाचुली गाउँपालिकाका एक सय २१ जनाले व्यवसायिक योजना बनाउँने सीप सिकेका छन् ।

मानव अधिकार मञ्च नेपाल इलामको ‘सामाजिक रूपान्तरणका लागि युवा जिविकोपार्जनका लागि सुरक्षित आप्रवासन र स्वःउद्यमशिलता सम्बन्धि युवा सशक्तिकरण समूहहरूको क्षमता विकास र परिचालन मार्फत मानव बेचबिखन बिरूद्वको अभिया परियोजनाले एडब्लुओ इन्टरनेशनल र बिएमजेडको आर्थिक सहयोगमा स्थानीयलाई सात दिने व्यवसायिक योजना बनाउँने तालिम दिइएको परियोजना संयोजक सन्तोष मगरले जानकारी गराए ।

जिविकोपार्जनका लागि सुरक्षित आप्रवासन र स्वःउद्यमशिलता सम्बन्धि युवा सशक्तिकरण समूहहरूको क्षमता विकास र परिचालन मार्फत मानव बेचबिखन बिरूद्वको अभियान सञ्चालन गर्ने उद्देश्यले गाउँपालिकाको समन्वयमा व्यवसाय उन्मुख युवालाई तालिम दिइएको हो ।

आर्थिक सामाजिक रूपले पछि परेका समुदायका विपन्न, लक्षित वर्ग व्यवसाय गर्न उत्सुक स्थानीयलाई तालिममा सहभागी गराइएको परियोजनाले जनाएको छ ।

दुई चरणमा भएको तालिममा वडा नम्बर १ मा १९, २ मा १९, ३ मा २४ जनाले तालिम लिएका छन् । यस्तै वडा नम्बर ४ का २१, ५ का १६, र वडा नम्बर ६ का २२ जनाले तालिम लिएका परियोजना फिल्ड अफिसर सुरेश पोर्तेलले जानकारी गराए ।

तालिममा सहभागीले व्यवसायिक बाख्रा पालन, पोल्ट्री फार्म, बेमौसमी तरकारी खेती, गाई भैसी पालन, लस्सी जुस, डिजाइनिङ प्रेस सम्बन्धि व्यवसायिक योजना बनाएका परियोजनाका फिल्ड अफिसर अस्मिता मगरले बताइन् ।

व्यवसायिक योजना सिपका सिकेका सहभागीलाई सात दिने व्यवासायिक सीपको तालिम दिने तयारी भइरहेको बताइएको छ ।

‘सीपलाई व्यवहारिक रूपान्तरण गर्नुपर्छ’

चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले तालिमको अनुगमन गर्दै सिकेको सीपलाई व्यवहारिक रूपान्तरण गर्नुपर्नेमा जोड दिए । उनले प्रत्येक वडामा भएको तालिमको अनुगमन गर्दै सिकेको तालिमलाई व्यवहारमा रूपान्तरण गरेमा आर्थिक जीवनमा समृद्धि आउँने बताए ।

वडा नम्बर ३ का अध्यक्ष नरबहादुर लावतीले तालिमको अनुगमन गर्दै सिपलाई निरन्तरता दिदै व्यवहारमा रूपान्तरण गरेमा गाउँलिकाको आर्थिक समृद्विको लक्ष्य पुरा गर्न सहयोग मिल्ने बताए ।

वडा १ का पूणर् लावती, वडा २ का रणबहादुर लावती, वडा ४ का कालीदास भट्टराई वडा ५ का चन्द्रकुमार थापा, वडा ६ का वडा कार्यबाहक अध्यक्ष योगनाथ दाहाल लगायतले तालिमको अनुगमन गरी सुझाव सल्लाह र निर्देशन दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार