इलामः नेकपा एमालेको जिल्ला कमिटी हेरफेर भएको छ । अध्यक्ष रामबहादुर राना १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्ला कमिटीको नेतृत्व हेरफेर गर्नु परेको हो ।
जिल्ला कमिटी हेरफेर गरी अध्यक्ष महेश बस्नेत चयन भएका छन् । शनिबार (आज) बसेको एमाले जिल्ला कमिटी सचिवालय बैठकले अध्यक्षमा बस्नेतलाई तोकेको हो ।
यसभन्दा अघि बस्नेत जिल्ला कमिटी सचिव थिए ।
उपाध्यक्ष भक्त केसी नेकपा एकीकृत समाजवादीमा लागेपछि सचिवले नेतृत्व लिनु परेको एमालेले जनाएको छ ।
आजैबाट संगठन विभाग प्रमुखको जिम्मेवारीमा उमेश गुरुङ, प्रचार विभागको प्रमुखमा प्रकाश अधिकारी, बुद्धिजीवी परिषद्को प्रमुखमा नरेन्द्रनाथ भट्टराई, अर्थ विभागको प्रमुखमा डा. देवी क्षेत्री दुलाललाई तोकेको छ । यसभन्दा पहिलो संगठन विभागको प्रमुखमा महेश बस्नेत र प्रचार विभागको प्रमुखमा उमेश गुरुङ रहेका थिए ।
बैठकले अखिल नेपाल महिला संघको सह–इञ्चार्जमा रिपल राई, खेलकुद महासंघमा दीपक गौतम, सूर्योदय नगरपालिकाको इञ्चार्जमा महेश बस्नेत, इलाम क्षेत्र नं. २ को इञ्चार्जमा नरेन्द्रनाथ भट्टराई, बुद्धिजीवी परिषद्को अध्यक्षमा नरेन्द्रनाथ भट्टराई तोकिएको छ ।
जिल्लाबाट प्रदेश र केन्द्रको जिम्मेवारी पाएपछि जिल्लाका विभागको जिम्मेवारी फेरबदल गर्नुपरेको बताइएको छ ।