इलाम: १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जयराम यादवले आज इलातबार विहान इलाम अस्पतालको अनुगमन गरेका छन् ।
अस्पताल अनुगमन गर्दै मन्त्री यादवले अस्पतालमा तत्कालै कोरोना परीक्षण केन्द्र स्थापना गर्ने काममा लाग्ने बताए ।
मन्त्री यादवले अस्पतालको रिक्ता पदको पदपूर्ती गर्ने पहल गर्ने बताउँदै भने ‘कोरोनाको खोप स्थानीय पालिकाको सबै नागरिकले लगाउनुपर्छ । जिल्लाको धार्मिक क्षेत्रमा खोप नगलाएको सुनिएकोले खोप लगाउँन स्थानीय तहले वातावरण बनाउँनु पर्छ ।’
सन्दकपुर गाउँपालिकामा हुने पार्टीको कार्यक्रममा सहभागी हुँन इलाम आएका मन्त्रीले बिहान अस्पताल अनुगमन गरेका हुँन ।