इलाम: ब्यवसायी सन्तोषकुमार कटुवाल निर्माण ब्यवसायी संघ इलामको अध्यक्षमा निर्वाचित भएका छन् । संघको ९ औं जिल्ला अधिबेशनबाट निर्वाचित भएका हुन् ।
कटुवालले प्रतिस्पर्धी डिल्लीराम खनाललाई ९ मतले पछि पार्दै निर्वाचित बनेका हुन् । उनले ९९ मत प्राप्त गर्दा खनालले ९० मत प्राप्त गरेका थिए ।
संघको उपाध्यक्षमा निरज राउत, सचिवमा वीरेन्द्र कार्की, सह-सचिवमा दिनेश खड्का र कोषाध्यक्षमा सन्तोष भक्तराज निर्विरोध छानिएका छन् ।
सदस्यमा नविन कुमार तामाङ, मन्जु कार्की, प्रकाश मान कडेरिया, सिजन कार्की, सुजन अधिकारी र सूर्य कार्की निर्वाचित भएका छन् ।
सदस्यहरुका लागि भने निर्वाचन भएको थियो । संघमा २ सय २० जना ब्यवसायी आवद्ध छन् ।