इलाम: ८ औं मानव अधिकार पत्रकारिता वर्ष पुरस्कार पाँचथरका भिम बास्कोटालाई प्रदान गरिएको छ । मावन अधिकार मञ्च नेपाल इलामले प्रदान गर्दै आएको नगद १० हजार पुरस्कारले सम्मान गरिएको छ ।
करीब डेढ दशक देखी पत्रकारितामा क्षेत्रमा क्रियाशिल बास्कोटा अन्नपूणर् पोस्ट र एपिवान एचडीमा आबद्द छन् ।
विश्व मानव अधिकार दिवस (डिसेम्बर १०)को अवसरमा प्रदान गरिदै आएको यो पुरस्कार प्रदेश न.१ मा रहेर मानव अधिकारको क्षेत्रमा रहेर कलम चलाउने पत्रकारलाइ प्रदान गर्ने गरिन्छ ।
वि.स. २०५५ साल देखी मानव अधिकारको क्षेत्रमा कृयाशिल सस्था मानव अधिकार मञ्च नेपालले यो पुरस्कारको स्थापना गरेको हो । ७३ औं विश्व मानव अधिकार दिवश अर्थात १० िडसेम्बरको अवसरमा आयोजित समारोहका बिच उक्त पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा इलाम जिल्लामा मानव अधिकारको अवस्था विषयक अन्तरकृया समेत सम्पन्न भएको छ ।
इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकको सन्दर्भमा तयार पारिएको जिल्लाको मानव अधिकारको स्थीति इन्सेक प्रतिनिधि बबिता मैनालिले प्रस्तुत गर्नु गरिन । मानव अधिकारको तर्फबाट याम माबोहाङले मानव अधिकारको समग्र अवस्थाको विषयमा प्रस्तुत गरेका थिए ।
मानव अधिकार मञ्च नेपाल का अध्यक्ष मोहन सिंह थेवेको अध्यक्षता एवम् जिल्ला समन्वय समिती इलामका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यता, इलाम नगरपालिका प्रमुख महेश बस्नेतको विशेष आतिथ्यता, प्रमुख जिल्ला अधिकारी ध्रुव ब. खड्का, प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठ , जिल्लाबार, उच्चबार, गैसस महासङ्घ, उधोग वा िणज्य संघ, सरोकारवाला, राजनीतिकदल, संचारकर्मी लगायतको उपस्थिती थियो ।
यस अघि मानव अधिकारको वर्ष पुरस्कार बिराटनगरका यज्ञ शर्मा, झापाका चन्द्र भनडारि र पर्वत पोर्तेल, इलामका सटेन्द्र जबेगु र कोकिला ढकाल, खोटाङका दमन राइ, र ताप्लेजुङका आनन्द गौतमले प्राप्त गरेका छन् ।