इलामः महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू शिक्षा शास्त्र सङ्कायको प्रारम्भिक कमिटी गठन भएको छ ।
किरण गौतमको अध्यक्षतामा मंगलबार (आज)४१ सदस्यीय शिक्षा शास्त्र सङ्काय प्रारम्भिक कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्ष दिलिप हाङ्ग लिम्बु, सारा राई, सचिव कृति राई, सह-सचीव सजना खत्री, प्रदिप नेपाल, पवन प्याकुरेल र कोषाध्यक्ष देवीमाया लिम्बू रहेका छन् ।
अनेरास्ववियू केन्द्रीय स्थायी कमिटी सदस्य मानबहादुर गुरुङ्ग, अनेरास्ववियू जिल्ला कमिटी अध्यक्ष डिकेन्द्र दाहाल र अनेरास्ववियू जिल्ला कमिटी सचीव चेतन अधिकारीको उपस्थितिमा ३१ सदस्यीय कमिटी गठन गरिएको बताइएको छ ।