महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू गठन


सेवारो खबर  244 पटक हेरिएको

इलामः महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू शिक्षा शास्त्र सङ्कायको प्रारम्भिक कमिटी गठन भएको छ ।

किरण गौतमको अध्यक्षतामा मंगलबार (आज)४१ सदस्यीय शिक्षा शास्त्र सङ्काय प्रारम्भिक कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्ष दिलिप हाङ्ग लिम्बु, सारा राई, सचिव कृति राई, सह-सचीव सजना खत्री, प्रदिप नेपाल, पवन प्याकुरेल र कोषाध्यक्ष देवीमाया लिम्बू रहेका छन् ।

अनेरास्ववियू केन्द्रीय स्थायी कमिटी सदस्य मानबहादुर गुरुङ्ग, अनेरास्ववियू जिल्ला कमिटी अध्यक्ष डिकेन्द्र दाहाल र अनेरास्ववियू जिल्ला कमिटी सचीव चेतन अधिकारीको उपस्थितिमा ३१ सदस्यीय कमिटी गठन गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार