चुलाचुली: इलामको चुलाचुली गाउँपालिकाको ५ ठाउँमा व्यवसायिक सीपको तालिम बिहिबार शुरू भएको छ ।
हप्ता दिनसम्म सञ्चालन हुने तालिम गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडाको दुई स्थानमा तालिम सञ्चालन भइरहेको छ ।
एक र ३ नम्बर वडामा बङ्गुर पालन, २ नम्बर वडामा कुखुरा पालन, ४ नम्बरमा बाख्रा पालन र बेमौसमी तरकारी खेती सम्बन्धी सीपमुलक तालिम भइरकेको परियोजना संयोजक सन्तोष मगरले जानकारी गराए ।
गाउँपालिकाको समन्वयमा मानव अधिकार मञ्च नेपाल इलामको ‘सामाजिक रूपान्तरणका लागि युवा जिविकोपार्जनका लागि सुरक्षित आप्रवासन र स्वःउद्यमशिलता सम्बन्धि युवा सशक्तिकरण समूहहरूको क्षमता विकास र परिचालन मार्फत मानव बेचबिखन बिरूद्वको अभियान परियोजनाले एडब्लुओ इन्टरनेशनल र बिएमजेडको आर्थिक सहयोगमा तालिम भइरहेको परियोजनाका फिल्ड अधिकृत सुरेश पोर्तेलले जानकारी गराए ।
परियोजनाले यस अघि सञ्चालन गरेको व्यवसायिक योजना बनाउँने तालिममा सहभागिलाई योजना बनाए अनुसार सीपको तालिम दिन लागेको हो ।