गोर्खे र जीतपुरमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, वडा कमिटी गठन


सेवारो खबर  210 पटक हेरिएको

इलामः नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी, सूर्योदय नगरपालिका १ नम्बर वडा गार्खे र देउमाई नगरपालिका ९ नम्बर वडा जीतपुर कमिटी गठन भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी,सूर्योदय नगरपालिका वडा नं १ गोर्खेको प्रथम वडा भेलाले ९ पदाधिकारी सहित ४९ सदस्यीय वडा कमिटि गठन भएको छ ।

भेलाबाट नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी,सूर्योदय नगरपालिका वडा नं १ अध्यक्षमा दिलु लिम्बू,उपाध्यक्षमा सन्त बहादुर बस्नेत, गोपाल लिम्बू,र संगीता वि क चयन भएका छन् । वडा कमिटीको सचिवमा विमल तामाङ, सह- सचिवमा मिलन राई, सनाथ लिम्बू र सुजता बजगाई चयन भएका हुन् ।

भेलाबाट कोषाध्यक्षमा लिला कार्की चयन भएकी छन् । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीकी केन्द्रिय सदस्य तथा प्रदेश सासंद खिनु लङ्वा लिम्बुको प्रमुख आथित्यतामा र सूर्योदय नगरपालिका प्रमुख तथा एकिकृत समाजवादीका जिल्ला नेता रणबहादूर राईको आथित्यतमा वडा भेला आयोजना गरिएको थियो ।

यस्तै देउमाई नगरपालिका ९ नम्बर वडामा पनि नेकपा एकीकृत समाजवादी वडा कमिटी गठन भएको छ ।

पाटीको शनिबार भएको भेलाले तिलक लिम्बुको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटि गठन गरेको छ । भेलाको सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार