उदाउँदो चीनको शैन्य सामर्थ्य कति ?


सेवारो खबर  214 पटक हेरिएको

चीनले द्रत गतिमा आफ्नो सशस्त्र सैन्य शक्तिलाई मजबुत पारिरहेको छ ।

क्षेप्यास्त्र प्रविधि, परमाणु अस्त्र र आर्टिफिसिअल इन्टेलिजन्समा चीनले हासिल गरेको प्रगतिलाई लिएर कैयौँ पश्चिमा पर्यवेक्षकहरूले गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् ।

उनीहरूका भनाइमा सैनिक सामर्थ्यका हिसाबले ’नयाँ विश्व सन्तुलन’को चरण जारी रहेको छ ।

राष्ट्रपति सी जिनपिङले चिनियाँ सुरक्षा फौज सन् २०३५ सम्म आधुनिकीकरण भइसक्नुपर्ने आदेश दिएका छन् ।

उनका भनाइमा त्यो बेलासम्म उनीहरू ’विश्वस्तरको’ सैनिक शक्ति बनिसक्नुपर्नेछ र सन् २०४९ सम्म ’युद्ध लड्ने र जित्ने’ क्षमता हासिल गरिसक्नुपर्ने छ ।

त्यो ठूलो काम हो तर चीन आफ्नो लक्ष्यमा अघि बढिरहेको छ ।

ठूलो खर्च
चीनले आफ्नो रक्षा खर्च पारदर्शी नबनाएको र फरकफरक आँकडा प्रस्तुत गरेको भन्दै केही अन्तर्राष्ट्रिय विज्ञहरूको आलोचना खेप्ने गरेको छ ।

बेइजिङले आफ्नो औपचारिक रक्षा खर्च सार्वजनिक गर्छ तर पश्चिमाहरूले चीनले आफ्ना सुरक्षा बललाई उपलब्ध गराउने बजेट त्योभन्दा उल्लेख्य रूपमा बढी भएको आकलन गर्छन् ।

अमेरिका बाहेक विश्वको अन्य देशभन्दा बढी अहिले चीनले रक्षा खर्च गर्ने विश्वास गरिन्छ ।

वासिङ्टनस्थित सेन्टर फर स्ट्रेटिजिक एन्ड इन्टर्न्याश्नल स्टडिजका अनुसार चिनियाँ सैनिक बजेट वृद्धिले देशको सम्पूणर् आर्थिक वृद्धिदरलाई कम्तीमा एक दशकयता जितेको छ ।

परमाणु अस्त्र भण्डार अभिवृद्धि
गएको नोभेम्बरमा अमेरिकी रक्षा मन्त्रालयले चीनले यो दशकको अन्त्यसम्म आफ्नो परमाणु भण्डार चार गुणाले बढाउने भविष्यवाणी गरेको थियो ।

चीनको सरकारी सञ्चारमाध्यमले उक्त दाबीलाई ’हावादारी र पक्षपाती अनुमान’ भन्दै परमाणु शक्तिलाई ’न्यूनतम तहमा’ राखिएको जनाएको थियो ।

चीनले सन् २०३० को अन्त्यसम्म १,००० वटा परमाणु क्षमतायुक्त क्षेप्यास्त्र विकास गर्ने योजना बनाएको थियो ।

तर विश्वव्यापी अस्त्र भण्डारको वार्षिक विश्लेषण प्रकाशित गर्ने स्टकहोम इन्टरन्याश्नल पीस रिसर्च इन्स्टिच्युटका विज्ञहरूले हालैका वर्षमा चीनले आफ्ना परमाणु क्षमतायुक्त क्षेप्यास्त्रको सङ्ख्या बढाएको उल्लेख गरेको छ ।

अमेरिकासँग ५,५५० त्यस्ता अस्त्र रहेको र चीनले उक्त लक्ष्य भेट्टाउन अझै लामो समय लाग्ने भनिएको छ ।

तर चीनले विस्तार गरिरहेको परमाणु क्षमतालाई पश्चिमा सैन्य सर्वोच्चताको चुनौतीका रूपमा हेरिएको छ ।

हाइपरसोनिक भविष्य
हाइपरसोनिक क्षेप्यास्त्र ध्वनिको गतिभन्दा पाँच गुणा वेगवान् हुन्छन् ।

उनीहरू अन्तर्महादेशीय बलिस्टिक क्षेप्यास्त्रजस्तो तेज हुँदैनन् तर उडानका क्रममा उनीहरूलाई राडारबाट पहिचान गर्न एकदमै जटिल हुन्छ र प्रतिरक्षा प्रणाली काम नलाग्ने हुनसक्छन् ।

“चिनियाँहरूले आफूहरू धेरै पछाडि रहेको बुझेका छन् त्यही भएर उनीहरूले महत्त्वपूणर् विकास गरेर अरू शक्तिलाई पछाडि पार्न चाहेका छन्,“ लन्डनस्थित किङ्स कलेजका जिनो लिओनी भन्छन् ।

“हाइपरसोनिक क्षेप्यास्त्रहरू विकास गरेर उनीहरूले एउटा ढङ्गले आफ्नो लक्ष्य हासिल गर्न चाहिरहेका छन् ।“

चीनले हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको अस्वीकार गरेको छ ।

तर यसै वर्षको गर्मीयाममा उसले गरेका दुईवटा रकेट परीक्षणले चिनियाँ सेना उक्त अस्त्र हासिल गर्ने चरणमा रहेको सङ्केत गरेको पश्चिमा विज्ञहरूले विश्वास गरेका छन् ।

चीनले कस्तो प्रणाली विकास गरिरहेको हुनसक्छ भन्ने कुरा अस्पष्ट छ ।

पृथ्वीको वायुमण्डलको निश्चित क्षेत्रभित्रै रहने हाइपरसोनिक ग्लाइड क्षेप्यास्त्र र फ्र्याक्शनल अर्बिटल बमबार्डमन्ट सिस्टम एफओबीएस भनिने न्यून उचाइमा उडान भरेर लक्ष्यमा तेज गतिमा प्रहार गर्ने प्रणाली ।

चीनले यी दुवै प्रणालीको मिश्रण गरेर एफओबीएस अन्तरिक्षयानमार्फत हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गर्न सक्ने सफलता पाएको हुनसक्ने बताइएको छ ।

डा. लिओनीले हाइपरसोनिक क्षेप्यास्त्र मात्रै आफैमा ठूलो नभए पनि उनीहरूले केही निशानाहरूलाई एकदमै जोखिमपूणर् बनाउने उल्लेख गरे ।

उनका अनुसार हाइपरसोनिक क्षेप्यास्त्रले एअरक्राफ्ट क्यारिअरको प्रतिरक्षालाई विशेष रूपमा अप्ठेरो बनाउँछ ।

तर उनका अनुसार कतिपय पश्चिमा अधिकारीहरूले सैनिक अन्तरिक्ष प्रविधिमा खर्च बढाउने बलियो आधार जुटाउन चीनको हाइपरसोनिक क्षेप्यास्त्रको क्षमतालाई बढाइचढाइ प्रस्तुत गरेको हुनसक्ने पनि बताए ।

“जोखिम वास्तविक हो। यद्यपि त्यसलाई बढाएर प्रस्तुत गरिएको हुनसक्छ ।“@www.bbc.com/nepali बाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार